लेटेस्ट न्यूज़
एकल महिलाको सम्पत्तिमा सत्ता संरक्षित डकैती ! | प्रचण्डमाथि प्रहार : प्रचार, भ्रम र वास्तविकताको दोधार | एपेक्स स्कुलमा विद्यार्थीमाथि निर्घात कुटपिट, दोषीमाथि कारबाहीको माग | निर्वाचनको बदला ‘जाहेरी’: विद्यार्थी आन्दोलनमाथि हमला | भ्रष्टचारको मुल नै वर्तमान राजनीतिक व्यवस्था हो : कञ्चन | ‘चप्पल पट्काएर’ सत्तामा पुगेकाहरूको पोल खोल्दै युवा संगठन | आरआर क्याम्पसमा स्ववियु प्रकरणले लियो कानुनी मोड | चार वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाउन माग | कम्युनिस्ट युवा संगठनले भोलि पत्रकार सम्मेलन गर्दै | निजी विद्यालयको मनपरीविरुद्ध अखिल (क्रान्तिकारी) बाँकेको कडा चेतावनी |

१५ वर्षमा, १२ हजार युवा ‘बाकस’ मा

Nagarpati 2020+ समाचार ( )
११ असार २०८१

काठमाडौं ।‘गयौ जहाजमा, फर्कियौ बाकसमा..’ बोलको नेपाली लोक गीतलाई चरितार्थ गर्दै वैदेशिक रोजगारीका लागि खाडी तथा मलेसिया जाने नेपाली श्रमिकको दर्दनाक तथ्यांक उजागर भएको छ । 

युवा श्रमिकमध्ये १५ वर्षको अवधिमा १२ हजारले विदेशमै ज्यान गुमाएका छन् । तीमध्ये एक हजार तीन सय १५ जनाले आत्महत्या गरेको डरलाग्दो तथ्यांक छ । वैदेशिक रोजगार बोर्डले यसबीच खाडी र मलेसियामा ११ हजार ७ सय ६० जना नेपालीको ज्यान गएको तथ्य उजागर गरेको छ । यो तथ्यांकले श्रम गन्तव्य मुलुकमा मृत्यु हुने नेपालीको संख्या बर्सेनि १ हजार देखाउँछ ।

१२.६९ प्रतिशतको सडक दुर्घटना र ६.५९ प्रतिशतको कार्यस्थलमै ज्यान गएको छ । पीडित परिवारले क्षतिपूर्ति पाउनसमेत निकै सास्ती खेप्नुपरेको छ । यसरी मृत्युवरण गरेका १२ हजारमध्ये सडक दुर्घटना र कार्यस्थल दुर्घटनामा परी मृत्यु भएका दुई हजार दुई सय ६९ श्रमिकका परिवारले मात्र क्षतिपूर्ति पाउन सकेका छन् । 

दुर्घटनामा बितेकामध्ये ८१ प्रतिशत परिवारले क्षतिपूर्तिसम्म नपाएको दुःखद अवस्था छ । दुई हजार तीन सय २८ को मृत्यु प्राकृतिक रूपमा भएको छ । दुई हजार पाँच जनाले हृदयाघात र मुटुजन्य रोगबाट मृत्युवरण गरेका छन् । आत्महत्या गर्नेको संख्या एक हजार तीन सय १५ छ । यस्तै दुई सय २३ जनाले कोभिडबाट ज्यान गुमाउनुपरेको छ । मृत्युको ठोस कारण पत्ता नलागेका मात्रै तीन हजार तीन सय २० छन् । खाडी मुलुकमा पुग्नेमध्ये कामको बोझ, चर्को तापक्रम, मुटुजन्य रोग, हृदयाघात मृत्युको कारण बनेको छ । (साभार:जनआस्था)

प्रतिक्रिया

सम्बन्धित समाचार