कोहलपुर, बाँकेमा एकै दिन दुई जना झुण्डिएको अवस्थामा भेटिएका छन् । बाँकेको काेहलपुर नगरपालिका वडा नं. ११ एनटिभी रोड घर भएका १८ बर्षिय युवा सुदिप वली र राप्ती सोनारी गाउँपालिका वडा नं. ४ निवासी १८ वर्षिय रिता चौधरी आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
भर्खरै कक्षा ११ को परीक्षा दिएर बसेका वली साेमबार बेलुका ८ बजेतिर आफ्नै घरकाे पंखामा झुन्डिएको अवस्थामा भने र चौधरीका श्रीमान नेपालगन्ज मोबाइल लिन आएको र सासू बाख्रा चराउन गएको बेला उनि सोमबार दिउँसो करिब १२-१ बजे झुन्डिएको अवस्थामा फेला परेको हो । स्थानीयका अनुसार रिताको विवाह भएको १ वर्ष भएको र पारिवारिक सम्बन्ध पनि राम्रै रहेको बझिएको छ ।
घरमा कोही नभएको अवस्थामा दुवैजना झुन्डिएको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव निरिक्षक (डिएसपी) सुन्दर तिवारीले जानकारी दिए
उनका अनुसार शवलाई पाेष्टमार्टमका लागी भेरी अस्पताल नेपालगन्जमा पठाइएको छ । घटनाकाे प्रकृति हेर्दा आत्महत्या जस्ताे देखिएपनि पाेष्टमार्टम र अनुसन्धान पश्चात मात्र घटनाकाे वास्तविक तथ्य उजागार हुँने डिएसपी तिवारीले जानकारी दिए ।