लेटेस्ट न्यूज़
एकल महिलाको सम्पत्तिमा सत्ता संरक्षित डकैती ! | प्रचण्डमाथि प्रहार : प्रचार, भ्रम र वास्तविकताको दोधार | एपेक्स स्कुलमा विद्यार्थीमाथि निर्घात कुटपिट, दोषीमाथि कारबाहीको माग | निर्वाचनको बदला ‘जाहेरी’: विद्यार्थी आन्दोलनमाथि हमला | भ्रष्टचारको मुल नै वर्तमान राजनीतिक व्यवस्था हो : कञ्चन | ‘चप्पल पट्काएर’ सत्तामा पुगेकाहरूको पोल खोल्दै युवा संगठन | आरआर क्याम्पसमा स्ववियु प्रकरणले लियो कानुनी मोड | चार वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाउन माग | कम्युनिस्ट युवा संगठनले भोलि पत्रकार सम्मेलन गर्दै | निजी विद्यालयको मनपरीविरुद्ध अखिल (क्रान्तिकारी) बाँकेको कडा चेतावनी |

नेकपा (बहुमत) निकट संगठनहरूमा नेतृत्व परिवर्तन

Nagarpati 2020+ समाचार ( )
१९ वैशाख २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट जनवर्गीय संगठनहरूले नयाँ नेतृत्व चयन गरेका छन्। शुक्रबार सम्पन्न राष्ट्रिय सम्मेलनमार्फत दुई प्रमुख संगठन - मजदुर र युवा - मा नयाँ नेतृत्वको टुंगो लागेको हो।

‘अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ’को आठौँ राष्ट्रिय सम्मेलनले धु्रव खडकाको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ। नयाँ समितिमा प्रतिमा बजगाई उपाध्यक्ष र विक्रम पौडेल महासचिव चयन भएका छन्।

त्यस्तै, ‘कम्युनिस्ट युवा संगठन, नेपाल’ (परिवर्तित नाम) को ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गर्दै पुनः हरिष भट्टलाई अध्यक्षमा निर्वाचित गरेको छ। सम्मेलनले ५५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ जसमा प्रमोद सिंह धामी उपाध्यक्ष, भुवन रम्तेल महासचिव, तथा दिपेन्द्र ऐरी, प्रकाश शर्मा, लोकेन्द्र राई र भिम सुर्खेती सचिवमा चयन भएका छन्। ज्योतिष कुमार राय कोषाध्यक्ष रहेका छन्।

नवगठित समितिले अभिनाष कुवँर (पूर्व उपाध्यक्ष) र झलक विश्वकर्मा (पूर्व महासचिव) लाई संगठनबाट बिदा गरी पार्टीको जिम्मेवारीमा पठाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार