लेटेस्ट न्यूज़
२४२ जना सवार जहाज अहमदाबादमा दुर्घटना | प्राविधिक र व्यावसायिक शिक्षाको विषयमा बहस कार्यक्रम हुने | माओवादी आक्रमणमा प्रहरी एसएसपीको मृत्यु, भारत बन्दको आह्वान | सिटिइभिटीका उपनिर्देशकलाई कालोमोसो दलेको आरोपमा गिरफ्तार २ विद्यार्थी नेता रिहा | बालुवाटारमा क्याविनेटको गम्भीर गफगाफ, निर्णय आउने सम्भावना | विप्लव समूहमा पहिरो : दर्जनभन्दा बढी नेता नेकपा (बहुमत) मा प्रवेश | जाजरकोटमा बहुमतको जनसंघर्ष अभियान, संसदीय व्यवस्थामाथि कडा प्रहार | टिआरसीको निष्क्रियताले शान्ति प्रक्रिया संकटमा: अधिवक्ता निरौला | जनयुद्धकालीन मुद्दा टिआरसीमै राख्नुपर्छ : अधिवक्ता एकराज भण्डारी | सरकारको प्रतिशोधी प्रवृत्ति लोकतन्त्रका लागि खतरा : देव गुरुङ |

पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि

Nagarpati 2062+ समाचार ( )
३ मंगशिर २०८१

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आज साेमबार दिवंगत ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

उनका छोराहरु निमेष र निशेषले दागबत्ती दिए ।

सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो ।

कलेजो सम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको थियो ।

उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरनमा राखिएको थियो । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

श्रद्धाञ्जली अर्पण गर्न पूर्वराष्ट्रपति डा. रामवरण यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत पुगेका थिए ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानाको निधनको शोकमा आज नै देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार