लेटेस्ट न्यूज़
एकल महिलाको सम्पत्तिमा सत्ता संरक्षित डकैती ! | प्रचण्डमाथि प्रहार : प्रचार, भ्रम र वास्तविकताको दोधार | एपेक्स स्कुलमा विद्यार्थीमाथि निर्घात कुटपिट, दोषीमाथि कारबाहीको माग | निर्वाचनको बदला ‘जाहेरी’: विद्यार्थी आन्दोलनमाथि हमला | भ्रष्टचारको मुल नै वर्तमान राजनीतिक व्यवस्था हो : कञ्चन | ‘चप्पल पट्काएर’ सत्तामा पुगेकाहरूको पोल खोल्दै युवा संगठन | आरआर क्याम्पसमा स्ववियु प्रकरणले लियो कानुनी मोड | चार वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाउन माग | कम्युनिस्ट युवा संगठनले भोलि पत्रकार सम्मेलन गर्दै | निजी विद्यालयको मनपरीविरुद्ध अखिल (क्रान्तिकारी) बाँकेको कडा चेतावनी |

शिक्षामा व्यापारीकरण विरुद्ध अखिल (क्रान्तिकारी)को संघर्ष !

सञ्जु राई 10+ समाचार ( )
आज भक्तपुरका स्कुलहरूको अनुगमन
१५ वैशाख २०८२

भक्तपुर । नेकपा (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बागमती प्रदेशले केही दिनदेखि सञ्चालन गर्दै आएको 'राष्ट्रका लागि विद्यार्थी अभियान' अन्तर्गत आज भक्तपुर जिल्लामा शैक्षिक विकृतिका विरुद्ध व्यापक अनुगमन कार्यक्रम सञ्चालन गरेको छ।

यस अभियानअन्तर्गत केही दिनअघि काठमाडौंको सिद्धार्थ बनस्पति स्कुल र ललितपुरका प्रिमियर, एलए लगायतका ठूला निजी विद्यालयहरूमा अनुगमन अभियान सञ्चालन भइसकेको थियो। आज भने भक्तपुरस्थित काठमाडौं वर्ल्ड स्कुल, मोडर्न स्कुल, मातृभूमि स्कुल, निस्ट स्कुल लगायतका महँगा निजी विद्यालयहरूमा अनुगमन गरिएको छ।

अखिल (क्रान्तिकारी)ले शिक्षा क्षेत्रलाई नाफामूलक व्यापारमा परिणत गर्दै जनतालाई लुट्ने शैक्षिक माफियाहरूको गतिविधिको कडा विरोध गर्दै तीव्र चेतावनी दिएको छ। स्कुलहरूले तत्काल लुटपाट बन्द नगरे जनताको बलमा विद्यालयहरूलाई खरानी पारिने चेतावनीसमेत संगठनले दिएको छ।

प्रत्येक कक्षामा विभिन्न शीर्षकमा विद्यालयले लिने शुल्कको विवरण संकलन, छात्रवृत्ति वितरण प्रक्रिया र छात्रवृत्ति प्राप्त विद्यार्थीहरूको नामावली संकलन, पाठ्यपुस्तक, पोशाक, स्टेशनरी लगायत शैक्षिक सामग्री आपूर्ति स्रोतको विवरण संकलन अनुगमनका प्रमुख विषयहरू रहेका छन् ।

केही ठूला भनिएका निजी विद्यालयहरूले राज्यका नीति नियमको उल्लंघन गर्दै विद्यार्थी र अभिभावकमाथि लुटपाट मच्चाएको गुनासोहरू बढेको भन्दै प्रारम्भिक अध्ययनका लागि यो अभियान थालिएको अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला अध्यक्ष बजिर नेपालीले जानकारी गराएका छन्।

उनका अनुसार आवश्यक सूचना संकलन गरेपछि दोस्रो चरणमा भक्तपुरसहित उपत्यका भरि कडा संघर्षात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछ।

अखिल (क्रान्तिकारी)ले शिक्षा क्षेत्रलाई जनताको पहुँचमा ल्याउन र शिक्षाको नाफामुखीकरण अन्त्य गर्न चरणबद्ध संघर्षलाई थप तीव्र बनाउने घोषणा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार