लेटेस्ट न्यूज़
२४२ जना सवार जहाज अहमदाबादमा दुर्घटना | प्राविधिक र व्यावसायिक शिक्षाको विषयमा बहस कार्यक्रम हुने | माओवादी आक्रमणमा प्रहरी एसएसपीको मृत्यु, भारत बन्दको आह्वान | सिटिइभिटीका उपनिर्देशकलाई कालोमोसो दलेको आरोपमा गिरफ्तार २ विद्यार्थी नेता रिहा | बालुवाटारमा क्याविनेटको गम्भीर गफगाफ, निर्णय आउने सम्भावना | विप्लव समूहमा पहिरो : दर्जनभन्दा बढी नेता नेकपा (बहुमत) मा प्रवेश | जाजरकोटमा बहुमतको जनसंघर्ष अभियान, संसदीय व्यवस्थामाथि कडा प्रहार | टिआरसीको निष्क्रियताले शान्ति प्रक्रिया संकटमा: अधिवक्ता निरौला | जनयुद्धकालीन मुद्दा टिआरसीमै राख्नुपर्छ : अधिवक्ता एकराज भण्डारी | सरकारको प्रतिशोधी प्रवृत्ति लोकतन्त्रका लागि खतरा : देव गुरुङ |
लेटेस्ट न्यूज़
२४२ जना सवार जहाज अहमदाबादमा दुर्घटना | प्राविधिक र व्यावसायिक शिक्षाको विषयमा बहस कार्यक्रम हुने | माओवादी आक्रमणमा प्रहरी एसएसपीको मृत्यु, भारत बन्दको आह्वान | सिटिइभिटीका उपनिर्देशकलाई कालोमोसो दलेको आरोपमा गिरफ्तार २ विद्यार्थी नेता रिहा | बालुवाटारमा क्याविनेटको गम्भीर गफगाफ, निर्णय आउने सम्भावना | विप्लव समूहमा पहिरो : दर्जनभन्दा बढी नेता नेकपा (बहुमत) मा प्रवेश | जाजरकोटमा बहुमतको जनसंघर्ष अभियान, संसदीय व्यवस्थामाथि कडा प्रहार | टिआरसीको निष्क्रियताले शान्ति प्रक्रिया संकटमा: अधिवक्ता निरौला | जनयुद्धकालीन मुद्दा टिआरसीमै राख्नुपर्छ : अधिवक्ता एकराज भण्डारी | सरकारको प्रतिशोधी प्रवृत्ति लोकतन्त्रका लागि खतरा : देव गुरुङ |


कर्णालीका अर्थमन्त्री सिंहलाई लाग्यो विचौलियामुखी बजेट ल्याएको आरोप

दिपदर्शन शाही 3+ समाचार ( )
संशोधन नभए संसद अबरुद्ध गर्ने प्रतिपक्षको चेतावनी
११ असार २०८०

विरेन्द्रनगर, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहलाई विचौलियमुखी बजेट ल्याएको आरोप लागेको छ । आर्थिक वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सिंहले आर्थिक वर्ष २०८०/८१ को लागी प्रदेश सभामा पेश गरेको रातो किताबमा १० लाख सम्मका टुक्रे योजना निर्माण गरेर विचौलिय मुखी बजेट ल्याएको आरोप लागेको हो ।

कर्णाली प्रदेश सभाले पारीत गरेको ४० लाख भन्दा बढिका योजना मात्रै प्रदेश सरकारले कार्यान्वयन गर्ने भन्ने निति तथा कार्यक्रमको खिल्ली उडाउदैं मन्त्री सिंहले १० लाख देखि माथिका टुक्रे आयोजना प्रदेश सरकार मार्फत कार्यान्वयन हुने गरी बजेट शीर्षक उल्लेख गरेका हुन ।

कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश सभामा पेश गरेको निती तथा कार्यक्रमको उल्लङ्घन गरेर अर्थमन्त्री सिंहले बजेट विनियोजन गरेपछी प्रतिपक्ष दलका सांसदहरूले समेत उनको चर्को आलोचना भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछाईले पालिका मुखि बजेट भन्दा पनि प्रदेश मुखी बजेट ल्याउनु पर्नेमा जोड दिए । अर्थमन्त्री सिंहले मनोमानी ढंगले पाँच लाख, सात लाख र दश लाखका बिचौलिया मुखि बजेट ल्याएको टिप्पणी आरोप लगाए ।

‘यो बजेटको संशोधन गर्नपर्ने हुन्छ । बजेट सहि ढंगले आएको छैन । यो बजेट दलालीबाट आएको, पाँच लाख, सात लाख र दशलाखका आयोजना बढि समेटिएको पाइएको छ । यस्तो खालको बजेटले कर्णालीको समृद्धि हुँदैन ।’ उनले भने, ‘कम्तिमा चालीस लाखका आयोजना मात्रै ल्याउने र साना योजना भए स्थानीय तहबाटै कार्यान्वयन गर्ने भन्ने सरकारको निती नियम माथि नै यो बजेटले प्रश्न चिन्ह खडा गरेको छ । एमालेको अनिवार्य शर्त भनेकै बजेट संशोधन हो ।’

साथै सचेतक पछाईले बजेट संशोधन नभए नेकपा एमालेले संसद अबरुद्ध गर्ने चेतावनी दिए ।

‘हामी सदन अवरुद्ध गर्न परेपनि तयार छौं । यस्तो विचौलिया मुखि बजेट कार्यान्वयन हुन सक्दैन र सदनबाट पारीत पनि हुन सक्दैन ।’ सदन अवरुद्धको तयारी एमालेले थालेको हो ?भन्ने प्रश्नमा उनले भने, ‘त्यो सरकारको प्रस्तुतिमा निर्भर रहन्छ ।’

आफ्नो पालिकामा मात्रै १६ करोडका टुक्रे योजना :

प्रदेश सरकारले ल्याएको ३३ अर्ब ३७ करोड ९७ लाख बजेट मध्ये घाटा बजेट मात्रै दुई अर्ब रहेको छ । यस्तो अवस्थामा मन्त्री सिंहले अर्थ र विविध शीर्षकमा राखिएको आगामी आर्थिक वर्षको बजेट डेढ अर्ब मध्ये आधा बजेट समेत उनले बाँडिसकेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । जाजरकोट क्षेत्र नं. १ प्रदेश सभा 'क' बाट निर्वाचित सांसद समेत रहेका अर्थमन्त्र सिंहले सबैभन्दा बढि बजेट आफ्नो स्थाई घर भएको गाँउपालिका बारेकोटमा मात्रैं विभिन्न शिर्षकका टुक्रे योजना मार्फत १६ करोड ९ लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

मन्त्रि सिंहले तटबन्धन तर्फ घट्टेखोला रु दश लाख, सुरीखोला नदी नियन्त्रण १० लाख, गाउँ खोला तटबन्धन दश लाख र घट्टेखोला ज्यूला तटबन्धन आयोजनामा दश लाख गरी यो शीर्षकमा चालीस लाख विनियोजन गरेका छन् ।

खानेपानी तर्फ उनले वारेकोटका विभिन्न वडामा एक करोड ४५ लाख रुपैंया पठाउने तयारी गरेका छन्, जसमा गिरी गोठगाउँ पचास लाख, तुम्त १० लाख, भमेखोला पाटगौरा दश लाख, तल्लो काप्ती १५ लाख र सल्लाचौर लिफ्टमा ६० लाख विनियोजन गरेका छन् ।

साथै पूर्वाधार विकास कार्यालयतर्फ, पूर्वाधार विकास कार्यालय जाजरकोटबाट बारेकोटमा मात्रै कार्यान्वयन हुने गरी उनले करोडौं बजेट विद्यालयका भवन निर्माणका लागी पठाएका छन् । भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्रालयले अन्य आयोजनामा ४० लाख भन्दा तलका योजना छनौट नगरेपनि यो मन्त्रालय मातहतको कार्यालयमा उनले २० लाख देखि माथिका योजना कार्यान्वयन गराउन लागेका हुन । उनले भगवती मावि तला थप, कालिका प्रावि भवन निर्माण, दिपेन्द्र मावि सक्ला, कालिका आदर्श मावी, देउती बज्यै प्रावी, सिता माध्यामिक विद्यालय, सेरिमा भवन निर्माण तथा घेरवार, देउती वाल प्राविमा २० लाखका दरले योजना पारेका छन् । त्यस्तेै धनु प्रावी, कृष्ण प्रावि र शंकर प्राविमा पनि बिस लाखका दरले बजेट पारिएको रातो किताबमा उल्लेख छ ।

सडक निर्माण एवम पुलतर्फ पनि केही वहुवर्षिय योजना बाहेक उनले छानेका आयोजनामा करोडौं बजेट पारिएको छ । जसमा सेपुखोला वेलिव्रिज एक करोड, भैसेडी पक्की पुल एक करोड पचास लाख, बारेकोट आठ र पाँच जोडने पुल एक करोड पचास लाख, काउली बेलिव्रिज ८० लाख रुपैंया यी बहुवर्षिय वा क्रमागतमा परेका योजना हुन । विभिन्न वेलिव्रिजको सम्भाव्यता अध्यायनका लागी भन्दैं डिपीआरमा उनले ६० लाख बजेट छुट्याएका छन् ।

सडक तर्फ सेपुखोला जुम्ला जोडने सडकका लागी दुई करोड पचास लाख विनियोजित भएको छ । यो बहुवर्षिय आयोजना हो । वाँकी तौली पहाडमुल १० लाख, चिप्लेटा वारेकोट ३० लाख, गिठाबान्न तोलखान २५ लाख, बाबयाला श्रीपाचौर १५ लाख, गोठगाउँ मुलसाड १५ लाख बजेट विनियोजन गरेका छन् ।

यस्तै, उनले करुका घर्तीगाउँ २० लाख, भान्टाकुरी सडक १५ लाख, काठखोला ठारापाटन घोरेटोबाटो १० लाख, बुकापानी गोठगाउँ १५ लाख, तलकाप्ती देखि माथिकाप्ती सडक १५ लाख र भगवती मावि देखी एकीकृत वस्ती सम्मको सडकका लागि १५ लाख रुपैंया योजना पारेका छन् ।

सिंचाई संरचानातर्फ सिंचाई संरचनातर्फ उनले घोरलचौरमा दश लाख, टाँसीमा दश लाख, विभिन्न सम्भाव्यता अध्ययन गर्न पचास लाख, तालकोट सिंचाईका लागि ३५ लाख र लवांग स्याँला सिंचाईका लागी १० लाख बजेट विनियोजन गरेका छन् ।

नौफेरी सिंचाई आयोजनामा एक करोड पचास लाख विनियोजन गर्दा बालुवाबगरका लागी भने चार लाख ७५ हजार रुपैंया विनियोजन गर्न सफल भएका हुन ।

सामाजिक विकास कार्यालय तर्फबाट पनी उनले वारेकोटमा ६० लाख बजेट चार ओटा विद्यालयलाई बाँडेका छन् । हिमालयन आधारभुत विद्यालय, गोरख आधारभूत विद्यालय, वीरेन्द्र ऐश्वर्या मावि र सिता माविका लागि घेरवार शीर्षकमा समेत बजेट बाँडेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार