लेटेस्ट न्यूज़
एकल महिलाको सम्पत्तिमा सत्ता संरक्षित डकैती ! | प्रचण्डमाथि प्रहार : प्रचार, भ्रम र वास्तविकताको दोधार | एपेक्स स्कुलमा विद्यार्थीमाथि निर्घात कुटपिट, दोषीमाथि कारबाहीको माग | निर्वाचनको बदला ‘जाहेरी’: विद्यार्थी आन्दोलनमाथि हमला | भ्रष्टचारको मुल नै वर्तमान राजनीतिक व्यवस्था हो : कञ्चन | ‘चप्पल पट्काएर’ सत्तामा पुगेकाहरूको पोल खोल्दै युवा संगठन | आरआर क्याम्पसमा स्ववियु प्रकरणले लियो कानुनी मोड | चार वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाउन माग | कम्युनिस्ट युवा संगठनले भोलि पत्रकार सम्मेलन गर्दै | निजी विद्यालयको मनपरीविरुद्ध अखिल (क्रान्तिकारी) बाँकेको कडा चेतावनी |

चार वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाउन माग

Nagarpati 2020+ समाचार ( )
२१ वैशाख २०८२

काठमाडौँ । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयलाई एक ८ बुँदे ज्ञापनपत्र बुझाउँदै चार वर्षे स्नातक कार्यक्रमलाई तत्काल तीन वर्षे स्नातक कार्यक्रममा परिवर्तन गर्नुपर्ने माग राखेको छ।

अखिल (क्रान्तिकारी) का अनुसार, विदेशी दातृ निकायको इच्छा र सर्तअनुसार लागू गरिएको चार वर्षे स्नातक कार्यक्रम नेपालको शैक्षिक र सामाजिक आवश्यकता र परिपेक्ष्यसँग मेल खाँदैन। उनीहरूले यसलाई व्यवहारिक र वैज्ञानिक दृष्टिकोणले अस्वीकृत गर्दै तीन वर्षे स्नातक कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिएका छन्।

अखिल (क्रान्तिकारी) का नेता भन्छन् कि चार वर्षे स्नातक कार्यक्रमले विद्यार्थीहरूको समय र स्रोतको अनावश्यक अपव्यय गरिरहेको छ र यसले देशको शिक्षा प्रणालीलाई कुनै सुधार ल्याउन सक्ने क्षमता छैन। यसैले, जनताको वास्तविक आवश्यकता र शिक्षा प्रणालीको गुणस्तरलाई मध्यनजर राख्दै तीन वर्षे स्नातक कार्यक्रम लागू गर्नुपर्ने माग गरिएको छ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव एवम् त्रि.वि. विशेष प्रदेश इन्चार्ज हरि विष्ट, त्रिभुवन विश्वविद्यालय विशेष प्रदेश संयोजक लक्ष्मी शाह, त्रि.वि केन्द्रीय क्याम्पस संयोजक वीरेन्द्र नेपाली, क्याम्पस जिल्लाका अध्यक्ष दिनेश नेपाली लगायतका नेताहरू उपस्थित थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार