उच्चस्तरीय सैन्य सञ्चार पुर्नस्थापना गर्न अमेरिका र चीन सहमत

Nagarpati 1788+ समाचार ( )
३० कार्तिक २०८०

एजेन्सी । अमेरिका र चीन उच्चस्तरीय सैन्य सञ्चार पुर्नस्थापना गर्न सहमत भएका छन् ।

अमेरिका भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबिचको शिखर वार्तापछि दुई देश सैन्य सम्पर्क पुर्नस्थापना गर्न राजी भएका हुन् । साथै उनीहरु ‘फेन्टानिल’ नामक औषधिको उत्पादन रोक्ने कदम चाल्न पनि सहमत भएका छन् ।

चिनिया राष्ट्रपति सिसँग चार घण्टा लामो शिखर वार्तापछि पत्रकार सम्मेलनमा बोल्दै बाइडेनले आफुहरु ‘प्रत्यक्ष, खुला र स्पष्ट’ सञ्चारमा फर्किएको बताउनुभयो ।

बाइडेनले सीसँगको वार्ता अहिलेसम्मकै रचनात्मक र फलदायी छलफलहरू मध्येको एक भएको बताउनुभयो । तर उहाँले चिनियाँ राष्ट्रपतिलाई तानाशाह मान्ने आफ्नो अघिल्लो टिप्पणीमा भने फेरबदल नभएको प्रतिक्रिया दिनुभयो ।

वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सिले आफ्नो देशलाई दबाउने वा नियन्त्रण गर्ने कुनै योजना नबनाउन अमेरिकालाई आग्रह गरेको बताउनुभयो ।

उहाँले ताइवानलाई हतियार आपुर्ती बन्द गर्न तथा ताइवानसँग चीनको शान्तिपूर्ण एकिकरणका लागि सहयोग गर्न अमेरिकालाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया