बहुमतको ९औं महाधिवेशन पौष ११ गते गर्ने निर्णय

Nagarpati 1934+ समाचार ( )
१५ श्रावण २०८१

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को महाधिवेशन आगामी पौष ११ गते हुने भएको छ । 

मंगलबार चितवनमा सम्पन्न केन्द्रीय समितीको विस्तारित बैठकले माओ जयन्तीको अवसरमा २०८१ पौष ११ गते पार्टीको ९औं महाधिवेशन उद्घाटन गर्ने निर्णय गरेको हो ।

सोमबार देखि चितवनमा जारी बहुमतको प्रथम विस्तारित बैठकले पार्टीको महासचिवमा धर्मेन्द्र बास्तोला 'कञ्चन' लाई चयन गरेको छ । 

बैठकले हाल कायम केन्द्रीय कार्यालय, सचिवालय र  केन्द्रीय समिती विघटन गरी ८५ सदस्यीय महाधिवेशन आयोजक समिती निर्माण गरेको छ । 

उक्त बैठकमा मोहन वैध 'किरण' संग पार्टी एकता असफल हुनुको कारण र आगामी कार्ययोजना बारे १० पेज लामो राजनीतिक प्रस्ताव पेश गरिएको थियो ।

उक्त प्रस्तावमाथि छलफल गर्न ९ वटा समुहहरु बिभाजन गरी छलफल गरेर समुह नेतृत्वमार्फत रिपोर्टिङ र दास्तावेजमाथि आफ्ना सुझावहरु पनि पेश गरेका थिए । 

प्रतिक्रिया