नेपालमा टिकटक बन्द गराउने सरकारको निर्णय

Nagarpati 1419+ समाचार ( )
२७ कार्तिक २०८०

काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गराउने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो ।

टिकटक बन्दका लागि आवश्यक कदम चाल्न सञ्चार मन्त्रालयमा पत्र पठाउने निर्णय पनि भएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् ।

मन्त्रीपरिषद्को आजको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनकारी दिइन् । ‘आजैदेखि लागु हुने गरी बन्द गर्ने निर्णय भएको छ । प्राविधको कुरा हो । हेरौं बन्द हुन कति समय लाग्छ’ मन्त्री शर्माले भनिन् ।

प्रतिक्रिया