लेटेस्ट न्यूज़
एकल महिलाको सम्पत्तिमा सत्ता संरक्षित डकैती ! | प्रचण्डमाथि प्रहार : प्रचार, भ्रम र वास्तविकताको दोधार | एपेक्स स्कुलमा विद्यार्थीमाथि निर्घात कुटपिट, दोषीमाथि कारबाहीको माग | निर्वाचनको बदला ‘जाहेरी’: विद्यार्थी आन्दोलनमाथि हमला | भ्रष्टचारको मुल नै वर्तमान राजनीतिक व्यवस्था हो : कञ्चन | ‘चप्पल पट्काएर’ सत्तामा पुगेकाहरूको पोल खोल्दै युवा संगठन | आरआर क्याम्पसमा स्ववियु प्रकरणले लियो कानुनी मोड | चार वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाउन माग | कम्युनिस्ट युवा संगठनले भोलि पत्रकार सम्मेलन गर्दै | निजी विद्यालयको मनपरीविरुद्ध अखिल (क्रान्तिकारी) बाँकेको कडा चेतावनी |

कम्युनिस्ट युवा संगठनले भोलि पत्रकार सम्मेलन गर्दै

Nagarpati 2020+ समाचार ( )
सम्मेलनका निर्णय सार्वजनिक गर्ने
२१ वैशाख २०८२

काठमाडौं । नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा संगठन नेपालले भोलि (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दैछ।

सोमबार, संवाद डबली, अनामनगरमा हुने पत्रकार सम्मेलनमा संगठनले केही दिन अघि सम्पन्न गरेको प्रथम राष्ट्रिय सम्मेलनका निर्णयहरू सार्वजनिक गर्नेछ। यस सम्मेलनका निर्णयहरू युवाहरूको क्रान्तिकारी संघर्षलाई अझ सशक्त बनाउनको लागि महत्वपूर्ण रणनीतिहरू समेटिएको छ।

संगठनका नवनिर्मित सचिव प्रकाश शर्माले जानकारी दिँदै भने, "संगठनले सम्मेलनमा भ्रष्टाचार, कुशासन र शोषणका विरुद्ध युवाहरूको क्रान्तिकारी संघर्षलाई अझ सशक्त बनाउने योजना प्रस्तुत गर्नेछ। यससँगै, पत्रकार सम्मेलनमा युवा आन्दोलनको वर्तमान स्थिति र आगामी कार्ययोजना बारे पनि विस्तृत जानकारी दिइनेछ।"

पत्रकार सम्मेलनमा शिक्षा, स्वास्थ्य, र रोजगारीको क्षेत्रमा सुधारका लागि संगठनको आगामी कार्ययोजनाबारे पनि जानकारी दिइनेछ।

संगठनले देशभरिका युवाहरूको भोलि आन्दोलनमा थप सहभागिता सुनिश्चित गर्नका लागि विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने निर्णय गरेको छ।

भोलि दिउँसो १२:०० बजे हुने पत्रकार सम्मेलनमा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार