लेटेस्ट न्यूज़
राजसंस्था सपना होईन, नेपाली जनताको माग हो : डा. धवल शमशेर | अखिल क्रान्तिकारी बहुमतले गर्यो ३३ बुँदे घोषणा पत्र सार्वजनिक | अखिल (क्रान्तिकारी) बहुमतले आज पत्रकार सम्मेलन गर्दै | सुजता कोइराला नेतृत्वको काँग्रेस प्रतिनिधिमन्डल चीनको छेन्दुमा | संवाद डबलीका सचिव धनञ्जय बुढालाई पुरस्कार तथा सम्मान | बहुमतले मङ्गलबार पत्रकार सम्मेलन गर्दै | देश विकास गर्न छिमेकेकी राष्ट्रको प्रविधि उपयोग गर्न विज्ञहरुको सुझाव | सुकुम्बासी वस्तीमा हुकुमवासीको हैकम, पीडितलाई लखेटेर धनाड्यहरुको रजाइँ | अखिल क्रान्तिकारीको 'राष्ट्रका लागि विद्यार्थी' अभियान देशैरभर सन्चालन | 'अहिले सुन तस्करले भेट्यो भने पुलिसलाई उल्टै हप्काइदिन्छ' |

छाउगोठमा बसेकी किशोरीमाथि सामूहिक बलात्कार

Nagarpati 1951+ समाचार ( )
६ असार २०८१

अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिकामा छाउगोठमा बसेकी एक १६ बर्षिया किशोरी सामुहिक बलात्कृत भएकी छिन्।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी १६ वर्षीया किशोरीलाई सोमबार राति सामूहिक बलात्कृत भएको हो। किशोरी बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

पञ्चदेवल विनायक नगरपालिकामा मामाघरमा बस्दै आएकी १६ वर्षीया किशोरी मामाघरको नजिक रहेको छाउगोठमा मङ्गलवार बिहान अचेत अवस्थामा भेटिएकी थिइन्। उनी ११ वर्षदेखि मामाघरमै बस्दै आएकी थिइन्।

उनलाई अचेत अवस्थामा देखेपछि मङ्गलवार बिहान स्थानीय एक जना किशोरीले प्रहरीलाई खबर गरेकी थिइन। स्थानीय किशोरीले जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने लगायतले उनको उद्धार गरेर जिल्ला अस्पताल अछाम पठाएको थियो। 

अछाम जिल्ला अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा उनी बलात्कृत भएको पुष्टि भएको थियो।

अस्पतालमा उपचार पश्चात् होसमा आएकी ती किशोरीले आफू माथि बलात्कार भएको प्रहरीलाई भनेकी थिइन। उनले स्थानीय १७ वर्षीय किशोर लगायत ३-४ जनाले बलात्कार गरेको बताएकी थिइन। आँखा र घाँटीमा कपडाले  बाँधेकोले अन्य व्यक्तिलाई आफूले चिन्न नसकेको पीडित किशोरीको भनाइ छ।

अछाम प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले किशोरी बलात्कृत भएको पुष्टि गरेका छन्। मङ्गलवार बिहान उनको उद्धारमा गएकी नगरप्रमुख अम्बिका चलाउनेको टोलीले छाउगोठ भत्काएको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार