कमलबजार अस्पतालको औषधी राख्ने फ्रिजमा ३ वटा बियरका बोतल

Nagarpati 1830+ समाचार ( )
१ असार २०८१

अछाम । कमलबजार नगरपालिका अन्तर्गतको एक अस्पतालको औषधी राख्ने फ्रिजमा तिनवटा बियरका बोतल भेटिएका छन् ।

अछामको कमलबजार नगरपालिका-९ मष्टाबण्डाली स्थित स्वास्थ्य चौकीमा खोप लगायत स्वास्थ्य सामग्री राख्नको लागी प्रयोग गरिएको ‘फ्रिज’ मा मादक पदार्थ ३ वटा बियरका बोतल भेटिएका हुन् ।  

स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल भेटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल नै भएपछी चौतर्फी विरोध भएको छ । बियरका बोतल राख्नमा संलग्नलाई कानुनी कारबाहीको माग गरिएको छ । 

स्वास्थ्य चौकीको ‘फ्रिज’ बियरका बोतल राखेको बारेमा आफूले मिडियाबाट जानकारी पाएर अचम्ममा परेको कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर विष्टले जानकारी दिनुभयो । 

प्रतिक्रिया