लेटेस्ट न्यूज़
एकल महिलाको सम्पत्तिमा सत्ता संरक्षित डकैती ! | प्रचण्डमाथि प्रहार : प्रचार, भ्रम र वास्तविकताको दोधार | एपेक्स स्कुलमा विद्यार्थीमाथि निर्घात कुटपिट, दोषीमाथि कारबाहीको माग | निर्वाचनको बदला ‘जाहेरी’: विद्यार्थी आन्दोलनमाथि हमला | भ्रष्टचारको मुल नै वर्तमान राजनीतिक व्यवस्था हो : कञ्चन | ‘चप्पल पट्काएर’ सत्तामा पुगेकाहरूको पोल खोल्दै युवा संगठन | आरआर क्याम्पसमा स्ववियु प्रकरणले लियो कानुनी मोड | चार वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाउन माग | कम्युनिस्ट युवा संगठनले भोलि पत्रकार सम्मेलन गर्दै | निजी विद्यालयको मनपरीविरुद्ध अखिल (क्रान्तिकारी) बाँकेको कडा चेतावनी |

शिक्षक आन्दोलनमाथि गरिएको दमनको घोर भत्सर्ना

Nagarpati 2020+ समाचार ( )
१५ वैशाख २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले शिक्षक आन्दोलनमाथि गरिएको राज्य दमनको घोर भत्सर्ना गरेको छ।

संगठनका केन्द्रीय अध्यक्ष विरेन्द्र शाहले सोमबार एक प्रेस वक्तव्य जारी गर्दै २०२८ सालको पञ्चायती शिक्षा ऐनको खारेजी र नयाँ शिक्षा ऐन जारीको मागसहित सञ्चालन भइरहेको शिक्षक आन्दोलनमाथि प्रहरीले गरेको निर्मम र बर्बर दमनप्रति गम्भीर आपत्ति जनाएका छन्।

वक्तव्यमा अध्यक्ष शाहले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि गरिएको दमनले दलाल संसदीय राज्यसत्ताको जनविरोधी र दमनकारी चरित्रलाई उजागर गरेको उल्लेख गर्दै यसको सशक्त प्रतिरोध अपरिहार्य भएको चेतावनी दिएका छन्।

दमनबाट दर्जनौं शिक्षक, विद्यालय कर्मचारी तथा केही पत्रकार घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् र उनीहरूको निःशुल्क उपचारको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

त्यस्तै, अध्यक्ष शाहले शिक्षक तथा विद्यालय कर्मचारीहरूले उठाएका न्यायिक मागहरू अविलम्ब सम्बोधन गर्न र निःशुल्क, समान तथा वैज्ञानिक शिक्षाको कार्यान्वयन सुनिश्चित हुने गरी नयाँ शिक्षा ऐन तुरुन्त जारी गर्न सरकारलाई जोडदार आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार