लेटेस्ट न्यूज़
'अहिले सुन तस्करले भेट्यो भने पुलिसलाई उल्टै हप्काइदिन्छ' | ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरुको पदर्शनः सर्वोच्चको आदेश कार्यान्वयनको माग | ब्रिगटीस गोर्खा विदेशीका लागि लड्यो, तर अब नेपाल र आफ्नै लागि लड्छः विगेसो | अछाम घटना : फोनबाट प्रेम सम्बन्ध, पहिलो भेटमै वीभत्स हत्या | अखिल क्रान्तिकारीको जनजाति तर्फको उपाध्यक्षमा मुना थापा मगरको उम्मेदवारी | केन्द्रीय निर्वाचन आयोगको उपाध्यक्षमा सन्ध्या देवी पुन 'सपना'को उम्मेदवारी | बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला | माओवादीको सक्रियता सरकारमा जान हैन, कुलमानलाई चलाए ठिक हुन्नः महासचिव गुरुङ | बहुमतका दाङ जिल्ला सेक्रेटरी अमर खडका रिहा | त्रिपाठीमाथिको आक्रमण कानुनी राज्यकै उपहास : उप्रेती |

दिनदहाडै खुडा प्रहार गर्न खोज्ने एक जना राझाबाट प्रकाउ

Nagarpati 1942+ समाचार ( )
८ वैशाख २०८१

नेपालगन्ज । बाँकेको नेपालगन्जको राझा चोकमा दिनदहाडै खुडा प्रहार गर्न खोज्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० स्थित राझा ऐयरपोर्ट चोकमा मोबाइल पसल चलाएर बसिरहेका पृथी बहादुर बुढालाई दिनदहाडै खुडा प्रहार गर्न खोज्ने एक जनालाई शुक्रवार साझ प्रहरीले प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा बाँकेको खजुरा गाउपालिका वडा नं. २ घर भएर राझा एयरपोर्ट नजिक बस्ने पवन कोईराला रहेको बुझिएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव निरिक्षक (डिएसपी) धर्मराज भण्डारीले उक्त धारिलो हतियार खुडा प्रहार गर्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरिएको बताए ।

उक्त घटनाबारे आवस्यक थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडी बढाईने समेत उनले जानकारी दिए ।

आफ्नो मोबाइल पसल चलाएर बसेका बुढालाई धारिलो हतियार खुडा निकाली पछाडीबाट गर्धनमा प्रहार गर्न खोजिएको बुझिएको छ ।

कोइराला संग आफ्नो कुनै पुर्व रिसईबी समेत नभएको र खुडा उचाली गर्धन तर्फ प्रहार गर्न थालेको अवस्थामा बुढाजो छिमेकीले उनको हात समाती प्रहार गर्नबाट रोकेको बुढाले बताए ।

बुढाले आफ्नो ज्यानै लिने उदेश्यका साथ उक्त घटना घटाइएकोले आवस्यक छानबिन गरेर कार्वाही गर्नको लागी उनिविरुद्ध तत्काल प्रहरी कार्यालयमा जाेहरी दिने समेत बताए ।

राझा चोकमा मोबाइल पसल चलाएका बुढा गुडलिङ् मिडियाद्धारा सन्चालित कुसे न्युजका क्यामरा पर्सन हुन ।

प्रतिक्रिया

उज्ज्ल कार्की ८ वैशाख २०८१, शनिबार

खजुरा गाउँ पालिका ३

सम्बन्धित समाचार