काठमाडौं । दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपमा सुपर सिक्सका खेल नखेल्दै नेपाल सेमिफाइनल दौडबाट औपचारिक रुपमा बाहिरिएको छ । सुपर सिक्सको पहिलो दिन भारत र पाकिस्तान दुवै विजयी भएसँगै नेपाल बाहिरिएको हो ।
सुपर सिक्समा नेपालले बुधबार बंगलादेशसँग र शुक्रबार भारतसँग खेल्ने तय भएको थियो । बंगलादेश र भारतलाई हराए पनि नेपालको ४ अंक हुनेछ ।
तर भारत र पाकिस्तानको सुपर सिक्समा समान एक खेल अगावै ६–६ अंक रहेकाले नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको हो । नेपालसँगै आयरल्यान्ड र न्युजिल्यान्ड पनि ग्रुप ए को सुपर सिक्सबाट औपचारिक रुपमा बाहिरिएका छन् ।
सुपर सिक्समा भारत ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । त्यस्तै पाकिस्तान ३ खेलमा समान ६ अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ । नेपाल भने २ खेलमा अंक विहीन हुँदै पाँचौं स्थानमा छ ।
नेपालले हराएको अफगानिस्तान सुपर सिक्समा आउन सकेको थिएन । त्यसैले नेपालको कुनै अंक छैन । नियम अनुसार आफूले हराएको टोली सुपर सिक्समा पुगेको मात्रै अंक जोडिन्छ । त्यसैले समूह ‘ए’ बाट भारत र समूह ‘डी’ बाट पाकिस्तान अपराजित रहँदै सुपर सिक्स खेल्नु अघि नै ४–४ अंकका साथ आएका थिए । आजको जितले ६–६ अंकमा पुग्दै सेमिफाइनल अनौपचारिकता बाँकी राखेका छन् ।
अब बंगलादेश, भारत र पाकिस्तान मध्य दुई टोली सेमिफाइनल खेल्नेछन् । बंगलादेशले सेमिफाइनल खेल्न नेपाल र पाकिस्तान दुवैलाई फराकिलो अन्तरले हराउँदै नेटरनरेटमा भर पर्नुपर्छ ।
अर्को सुपर सिक्समा अष्ट्रेलिया, वेस्टइन्डिज, श्रीलंका, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावेछन् । जसमा अष्ट्रेलिया र वेस्टइन्डिजको सुपर सिक्समा ४–४ अंक छ ।
सुपर सिक्समा भारतले न्युजिल्यान्डलाई २१४ रनले हरायो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ८ विकेट गुमाउँदै २९५ रन बनायो ।
भारतका मुशिर खानले १२६ बलमा १३ चौका र ३ छक्कासहित सर्वाधिक १३१ रन बनाए । जितको लागि २९६ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड २८.१ ओभरमा ८१ रनमा अल आउट भयो ।
अर्को खेलमा पाकिस्तानले आयरल्यान्डलाई ३ विकेटले हरायो । जितका लागि १८२ रनको लक्ष्य पाकिस्तानले ४३.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा अहमद हसन सर्वाधिक ५७ रनमा नट आउट रहे ।
zahry machinery equipment llc is a leading supplier of industrial equipment, offering comprehensive solutions for various industries. Our company offers a wide range of quality equipment and services to meet the needs of our customers. We strive for excellence in service and customer satisfaction, providing reliable and innovative solutions. zeolite heavy equipment llc zahry machinery equipment llc zahry machinery equipment llc Zeolite Heavy Equipment LLC Zeolite Heavy Equipment LLC ZAHRY MACHINERY EQUIPMENT LLC zeolite heavy equipment llc Zeolite Heavy Equipment LLC zeolite heavy equip Zahry Machinery Equipment 61a5203
Как Продать Inkax Скупка
Pastillas Cialis Para QuГ© Sirve (Moderator) Cialis 5 mg prezzo cialis 5 mg prezzo tadalafil 5 mg prezzo