वाइसीएल बाँकेको नेतृत्व चयन

Nagarpati 1830+ समाचार ( )
३ असार २०८१

नेपालगन्ज । नेकपा माओवादी केन्द्र निकट वाइसीएल, नेपाल बाँकेले नेतृत्व चयन गरेको हो । जसको संयोजकमा नरेन्द्र ददेल चयन भएका छन् ।

आईतवार एक कार्यक्रमका विचमा संयोजकमा ददेल, सह-संयोजकमा लाल बहादुर खडका, सुनिल गिरी र सचिवमा सुजल खड्काको नेतृत्वमा वाइसीएल, नेपाल बाँके जिल्ला समन्वय समितिको गठन गरिएको हो ।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिती सदस्य तथा बाँके जिल्ला इन्चार्ज पुर्ण कुमारी सुवेदी (सिला), नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समिती संयोजक नरेन्द्र पाण्डे (जेम्स), वाइसीएल नेपालका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज किस्मत अलि शेष (जित), वाइसीएलका निवर्तमान जिल्ला संयोजक आकाश कार्की, माओवादी केन्द्रका युवा नेताहरु रतन शाही, सुरज जागा लगायतको उपस्थिति रहेको थियो।

लामो समय देखी विभिन्न आन्तरिक विवादका कारण टुङ्गो लाग्न नसकेको बाँके वाइसीएलको नेतृत्व बारम्बारको आन्तरिक छलफल पश्चात् सर्वसहमतीकै आधारमा नेतृत्व टुङ्गाइएको हो ।


प्रतिक्रिया