लेटेस्ट न्यूज़
राजसंस्था सपना होईन, नेपाली जनताको माग हो : डा. धवल शमशेर | अखिल क्रान्तिकारी बहुमतले गर्यो ३३ बुँदे घोषणा पत्र सार्वजनिक | अखिल (क्रान्तिकारी) बहुमतले आज पत्रकार सम्मेलन गर्दै | सुजता कोइराला नेतृत्वको काँग्रेस प्रतिनिधिमन्डल चीनको छेन्दुमा | संवाद डबलीका सचिव धनञ्जय बुढालाई पुरस्कार तथा सम्मान | बहुमतले मङ्गलबार पत्रकार सम्मेलन गर्दै | देश विकास गर्न छिमेकेकी राष्ट्रको प्रविधि उपयोग गर्न विज्ञहरुको सुझाव | सुकुम्बासी वस्तीमा हुकुमवासीको हैकम, पीडितलाई लखेटेर धनाड्यहरुको रजाइँ | अखिल क्रान्तिकारीको 'राष्ट्रका लागि विद्यार्थी' अभियान देशैरभर सन्चालन | 'अहिले सुन तस्करले भेट्यो भने पुलिसलाई उल्टै हप्काइदिन्छ' |

माओवादीको सक्रियता सरकारमा जान हैन, कुलमानलाई चलाए ठिक हुन्नः महासचिव गुरुङ

Nagarpati 1951+ समाचार ( )
९ माघ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले आफ्नो पार्टीको सक्रियता सत्ताकोे लागि नभई सरकारी निरङ्कुशता विरुद्धमा रहेको बताएका छन् । सोमबार संवाद डबलीमा भएको कार्यक्रममा गुरुङले ओली सरकारले प्रचण्ड सरकारको सुशासन यात्रालाई निरन्तरता दिनेभन्दा भ्रष्टाचारलाई बढावा दिएकोसमेत आरोप लगाएका छन् ।

महासचिव गुरुङले केपी ओलीको सत्तारोहणको दिनदेखि नै नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई हटाउने प्रपञ्च गरेको भन्दै त्यसो नगर्न चेतावनी दिएका छन् । कुलमानको कानुनी तथा संवैधानीक समस्या नभेटेपछि अदालतले पुरानो मुद्धा समय अघिनै पेशी अगाडी तानेकोप्रति आपत्ति जनाउँदै भने,“घाटामा गएको प्राधिकरणलाई नाफा र अँध्यारो नेपाललाई उज्यालो दिने कुलमानलाई फाल्न अदालत पनि प्रभावमा पर्न गएको हो कि ? आशंका उब्जियो ।”

 गुरुङले विधेयकहरुको अध्यादेश जारी गरेर कानून संशोधन गर्ने विषय गम्भीर विषय भएको भन्दै सरकारको नियतमा नै प्रश्न उठेको बताए ।

‘अहिले सरकारले हतारो गरेर जसरी अध्यादेश ल्याइरहेको छ, यो अध्यादेश ल्याउनुका पछाडिको सरकारको नियत प्रष्ट हुन्छ । गिरीबन्धु टी टिस्टेटका सवालमा त्यहाँको जमिन सट्टापट्टा गर्ने र प्लटिङ गरेर बिक्री गर्न खोजेको बहस सदनमा उठिरहेको बेलामा त्यसैताई आकर्षित हुनेगरी जुन भूमिसम्बन्धी अध्यादेश ल्याइएको छ त्यसले झन् शंका पैदा भएको छ ।

 एकातिर स्याल कराउने अर्कोतिर कुखुरा हराउने भनेर गाउँघरमा प्रचलित उखानको स्थिति पैदा भएको छ । त्यसैले यस्तो विधेयकहरुको अध्यादेश जारी गरेर यसरी कानून संशोधन गर्ने विषय गम्भिर विषय हो ।’

उनले सर्वोच्च अदालतको आदेश विपरीत सरकारले राष्ट्रिय निकुञ्ज र वन सम्बन्धी कानून संशोधन गर्न खोजेको भन्दै त्यसले मूलुकको विकासको गति कता लैजाने हो भन्दै प्रश्न गरे ।

उनले भने,राष्ट्रिय निकुञ्ज र वनसम्बन्धी कानून पनि संशोधन गरिएको छ । एकातर्फ सर्वोच्च अदालतले भर्खरै संविधानले प्रकृतिको संरक्षण गर्नुपर्छ भन्दै राष्ट्रिय निकुञ्जभित्र बन्ने पूर्वाधाररुको निर्माण रोक्नुपर्छ, अनुमति दिन सकिदैन् भनेर आदेश दिएको छ ।

त्यसले मूलुकको विकासको गति कता लैजाने हो, पूर्वाधारको विकासको गति कता जाने हो भन्ने गम्भीर प्रश्न उठेको छ ।  

उनले सरकारले बहानावाजी गरेर सदन छल्ने काम गरिरहेको भन्दै कुनैपनि बहानामा सदन छल्ने कुरा स्वीकार्य नहुने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार