लेटेस्ट न्यूज़
एकल महिलाको सम्पत्तिमा सत्ता संरक्षित डकैती ! | प्रचण्डमाथि प्रहार : प्रचार, भ्रम र वास्तविकताको दोधार | एपेक्स स्कुलमा विद्यार्थीमाथि निर्घात कुटपिट, दोषीमाथि कारबाहीको माग | निर्वाचनको बदला ‘जाहेरी’: विद्यार्थी आन्दोलनमाथि हमला | भ्रष्टचारको मुल नै वर्तमान राजनीतिक व्यवस्था हो : कञ्चन | ‘चप्पल पट्काएर’ सत्तामा पुगेकाहरूको पोल खोल्दै युवा संगठन | आरआर क्याम्पसमा स्ववियु प्रकरणले लियो कानुनी मोड | चार वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाउन माग | कम्युनिस्ट युवा संगठनले भोलि पत्रकार सम्मेलन गर्दै | निजी विद्यालयको मनपरीविरुद्ध अखिल (क्रान्तिकारी) बाँकेको कडा चेतावनी |

जब जोन सीना निर्वस्त्र बनेर ओस्कर स्टेजमा पुुगेपछि...

Nagarpati 2020+ समाचार ( )
१० चैत्र २०८०

लस एञ्जलस । यति बेला ओस्करमा सबैभन्दा धेरै अवार्ड जित्ने फिल्म ओपनहेइमरको भन्दा बढी चर्चा रेस्लर एवम् हलिउड अभिनेता जोन सीनाको भइरहेको छ । ओस्कर समारोहमा उनको एउटा हर्कतले सारा संसारको ध्यान उनीतिर गएको हो । 

हुन् त पुरस्कार समारोहका कारण मात्रै नभएर अन्य विविध कारणले पनि वर्षेनी ओस्कर चर्चामा रहने गरेको छ । सन् २०२२ मा ओस्कर समारोहमै कमेडियन क्रिस रकलाई अभिनेता विल स्मिथले थप्पड हानेका थिए । यो घटना त तपाईँमध्ये धेरैलाई अझै पनि यादै होला । यस पटकको समारोहमा अभिनेता जोन सीना निर्वस्त्र स्टेजमा गएका थिए ।

जोन सिना उनको सेन्स अफ ह्युमरका लागि चिर्चित छन् । अवार्ड समारोहमा उनी यस्तै मुडमा देखिए । सर्वश्रेष्ठ पोशाक डिजाइनमा मानोनित फिल्महरुको नाम घोषणा गर्न उनी स्टेजमा नाङ्गै पुगे । उनको यो पारा देखेर दर्शक मात्रै होइन त्यहाँ उपस्थित ठूल्ठूला स्टारसमेत अक्क न बक्क परे । स्टेजमा ठूलो खामले आफ्नो गोप्य अंग छोपेर जोन सिना अप्ठ्यारो मान्दै आएका थिए ।

खामले खोप्य अंग छोपेकोले खाम खोलेर उनी मनोनयनमा परेको नामहरु घोषित गर्न सक्दैनथे । यसै क्रममा उनी होष्ट जिमी  किमेलसँग ठट्टा गरिरहेको देखिन्थे । उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । ‘पुअर थिङ्स’ले सर्वोत्कृष्ट पोशाक डिजाइनको अवार्ड जितेको थियो । कपाल र मेकअप, उत्पादन डिजाइन र वेशभूषाका लागि लगातार दुई ओटा अवार्ड जितेर यो फिल्म उक्त रात ओस्क।मा पहिलो मल्टिपल ओस्कार विजेता बन्यो । यस फिल्मले उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको पुरस्कार पनि हात पारेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार