लेटेस्ट न्यूज़
एकल महिलाको सम्पत्तिमा सत्ता संरक्षित डकैती ! | प्रचण्डमाथि प्रहार : प्रचार, भ्रम र वास्तविकताको दोधार | एपेक्स स्कुलमा विद्यार्थीमाथि निर्घात कुटपिट, दोषीमाथि कारबाहीको माग | निर्वाचनको बदला ‘जाहेरी’: विद्यार्थी आन्दोलनमाथि हमला | भ्रष्टचारको मुल नै वर्तमान राजनीतिक व्यवस्था हो : कञ्चन | ‘चप्पल पट्काएर’ सत्तामा पुगेकाहरूको पोल खोल्दै युवा संगठन | आरआर क्याम्पसमा स्ववियु प्रकरणले लियो कानुनी मोड | चार वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाउन माग | कम्युनिस्ट युवा संगठनले भोलि पत्रकार सम्मेलन गर्दै | निजी विद्यालयको मनपरीविरुद्ध अखिल (क्रान्तिकारी) बाँकेको कडा चेतावनी |

निजी विद्यालयको मनपरीविरुद्ध अखिल (क्रान्तिकारी) बाँकेको कडा चेतावनी

Nagarpati 2020+ समाचार ( )
२१ वैशाख २०८२

नेपालगन्ज । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) बाँकेले निजी विद्यालयहरूद्वारा विद्यार्थी र अभिभावकमाथि थोपारिएको आर्थिक शोषण तथा मनपरी शुल्क असुलीविरुद्ध कडा आपत्ति जनाउँदै सुधार नभए सशक्त आन्दोलनको चेतावनी दिएको छ।

नयाँ शैक्षिक सत्रको सुरुवातसँगै बाँके जिल्लाका कतिपय निजी विद्यालयहरू घरघरमै पुगी चर्को भर्ना शुल्क असुल्ने, ‘निशुल्क भर्ना’ कार्ड वितरण गरे पनि विभिन्न शीर्षकमा पैसा उठाउने, पाठ्यपुस्तक अनावश्यक रूपमा परिवर्तन गरी कमिसनको खेल खेल्ने, विद्यार्थीको पोशाकमा सिन्डिकेट लाद्ने जस्ता गतिविधि भइरहेको भन्दै संगठनले गम्भीर ध्यानाकर्षण गराएको छ।

संगठनका अध्यक्ष डी.बी. परियारद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “शिक्षा क्षेत्रमा बढ्दो व्यापारीकरण र निजीकरणको प्रवृत्तिले विद्यार्थी तथा अभिभावकमाथि चरम आर्थिक भार पारिरहेको छ। यस्तो अवस्थालाई सह्य गर्न सकिन्न।”

अखिल (क्रान्तिकारी) बाँकेले स्थानीय सरकार तथा शिक्षा प्रशासनलाई निजी विद्यालयको अनुगमन गर्न, छात्रवृत्तिको पारदर्शिता सुनिश्चित गर्न, शिक्षक तथा कर्मचारीमाथिको श्रमशोषण अन्त्य गर्न र सबै शुल्क नागरिक वडापत्रमा स्पष्ट रूपमा राख्न आग्रह गरेको छ।

संगठनले साबिकको शुल्कमा २५ प्रतिशत कटौती गर्न, कर छली गर्दै थोत्रा गाडी सञ्चालन गर्ने विद्यालयमाथि कडा कारबाही गर्न पनि माग गरेको छ। “सरकारी निकाय निजी विद्यालयसँग मिलेर शिक्षा क्षेत्रमै आर्थिक चलखेल गरिरहेका छन्,” प्रेस विज्ञप्तिमा भनिएको छ, “अब यस्ता कार्य सह्य नहुने भएकाले चरणबद्ध र कठोर आन्दोलनमा उत्रन बाध्य हुनेछौं।”

अखिल (क्रान्तिकारी) बाँकेले यस्तो जनविरोधी अभ्यास तत्काल अन्त्य गर्न सम्बन्धित निकायहरूलाई गम्भीर र जिम्मेवार बन्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार