नेकपा (बहुमत) जाजरकोटको २१ औँ पुर्ण बैठक सम्पन्न

Nagarpati 1419+ समाचार ( )
९ अशोज २०७९

जाजरकोट, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जाजरकोटको २१ औ पुर्ण बैठक सम्पन्न भएको छ ।

शनिबार जाजरकोटको दल्लिमा सम्पन्न उक्त बैठकले  पछिल्लो चरणमा देउवा गठवन्धनको सरकार दमनको बाटोमा अघि बढिरहेको कारणले यसको विरुद्धमा पार्टीले गम्भिर प्रकारले सोच्न पर्ने अवस्था देखिनु र गिरफ्तार परेका नेता कार्यक्रर्ताको विषयमा थप निर्णय लिएको छ ।

त्यस्तै आगामी आउदै गरेको चुनावलाइ अवज्ञा गर्ने पार्टी केन्द्रिय समितिको निर्णयलाई आत्मासात गरेर अघि बढ्ने, केही गैरजिम्मेवार र पार्टीको हितविपरीत काम गर्ने पार्टी सदस्यहरुलाई कार्वाहीको निर्णय समेत गरिएको छ। 

पार्टी जिल्ला संयोजक महानको अध्यक्षतामा बसेको बैठकमा उठाइएका बिषयमा केन्द्रिय महादिवेशन आयोजक कमिटी सदस्य तथा जिल्ला इन्चार्ज धमिलले  प्रष्ट्याउनु भएको थियो ।

प्रतिक्रिया