काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष डिबि बुढाथोकीले महान जनयुद्धको अवमुल्यन गर्ने छुट संसारको कुनैपनि अदालतलाई नभएको बताएका छन् ।
शुक्रवार सामाजिक सन्जाल फेसबुक मार्फत प्रतिक्रिया दिदैं नेेता बुढाथोकीले माओवादि जनयुद्धमा हजारौं जनताको रगत बगेको बताउदैं यो रगतको अवमुल्यन गर्ने संसारको कुनैपनि अदालतलाई छुट नभएको प्रतिक्रिया दिए ।
संविधानमा जनयुद्ध शब्द प्रयोग नगर्नु भनेर सर्वोच्च अदालतको विवादित अन्तरिम आदेशपछी चौतर्फि बिबाद शिर्जना भएको छ ।