लेटेस्ट न्यूज़
एकल महिलाको सम्पत्तिमा सत्ता संरक्षित डकैती ! | प्रचण्डमाथि प्रहार : प्रचार, भ्रम र वास्तविकताको दोधार | एपेक्स स्कुलमा विद्यार्थीमाथि निर्घात कुटपिट, दोषीमाथि कारबाहीको माग | निर्वाचनको बदला ‘जाहेरी’: विद्यार्थी आन्दोलनमाथि हमला | भ्रष्टचारको मुल नै वर्तमान राजनीतिक व्यवस्था हो : कञ्चन | ‘चप्पल पट्काएर’ सत्तामा पुगेकाहरूको पोल खोल्दै युवा संगठन | आरआर क्याम्पसमा स्ववियु प्रकरणले लियो कानुनी मोड | चार वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाउन माग | कम्युनिस्ट युवा संगठनले भोलि पत्रकार सम्मेलन गर्दै | निजी विद्यालयको मनपरीविरुद्ध अखिल (क्रान्तिकारी) बाँकेको कडा चेतावनी |

माओवादी पृष्ठभूमिका तीन चर्चित अनुहार एउटै मञ्चमा

Nagarpati 2020+ समाचार ( )
१३ वैशाख २०८२

काठमाडौं । शिक्षा क्षेत्रमा व्यापारीकरण, विभेद र असमानता झनै गहिरिँदै गएका बेला जनपक्षीय र वैज्ञानिक शिक्षाका लागि नयाँ ऐन आवश्यक रहेको बहसलाई जीवन्त बनाउन नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले आइतबार अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ।

काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा हुने कार्यक्रममा माओवादी आन्दोलनका तीन चर्चित अनुहारहरू एउटै मञ्चमा देखिने तयारी छ।

कार्यक्रमका मुख्य वक्तामा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता उदय बहादुर चलाउने 'दिपक', नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता लेखनाथ न्यौपाने र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता जागृत रायमाझी रहने छन्। यी तीनै नेताको पृष्ठभूमि फरक–फरक भए पनि माओवादी आन्दोलनबाट हुर्किएका हुन्।

न्यौपाने र रायमाझी विद्यार्थी आन्दोलनको माटोबाट टुसाएका नामहरू हुन्। उनीहरूले माओवादी विद्यार्थी आन्दोलनमा लामो समय सक्रिय भूमिका खेलेका थिए। अर्कोतर्फ, उदय बहादुर चलाउने ‘दिपक’ माओवादी जनयुद्धका मोर्चाहरूमा खारिएका सैन्य कमाण्डर हुन्।

वर्तमानमा यी तीन नेताको राजनीतिक यात्राले फरक दिशा समाते पनि मुलुकमा वैज्ञानिक र समान शिक्षा प्रणालीको खाँचो भन्ने एजेन्डामा उनीहरू उस्तै धारमा देखिन थालेका छन्। न्यौपाने प्रचण्ड नेतृत्वको माओवादी केन्द्रभित्रबाट संसदीय राजनीतिलाई भित्रैबाट सुधार गर्ने प्रयासमा छन् भने चलाउने संसदीय व्यवस्था नै जनताको मुक्ति सम्भव नभएको निष्कर्षसहित पुनः विद्रोहको पक्षमा बहस चलाइरहेका छन्। रायमाझीले भने वैज्ञानिक समाजवादी क्रान्तिको पक्षमा अलग मोर्चाबाट काम गरिरहेका छन्।

कार्यक्रममा अधिवक्ता दिवस निरौला, नेपाल शिक्षक महासंघका प्रतिनिधिहरू, प्याब्सन/एनप्याब्सनका प्रतिनिधिहरू र शिक्षाविद्हरूको पनि उपस्थिति रहने जनाइएको छ।

अखिल (क्रान्तिकारी) का अनुसार, अन्तरक्रियाले शिक्षा क्षेत्रमा मौलाउँदै गएको पुँजीवादी प्रभुत्व, असमान पहुँच र शैक्षिक व्यापारिकरणविरुद्ध वैचारिक प्रतिरोध सिर्जना गर्नेछ।

कार्यक्रममार्फत विद्यार्थी, शिक्षक, बुद्धिजीवी तथा सम्पूर्ण जनसरोकारका पक्षधरहरूलाई वैज्ञानिक शिक्षा आन्दोलनमा संलग्न हुन प्रेरित गरिने आयोजकको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार