ऋण तिर्ने पैसो जुटाउन लुटपाट देखी हत्या सम्म

Nagarpati 1830+ समाचार ( )
काभ्रेमा दम्पतीको हत्या प्रकरण
३० जेठ २०८१

काठमाडौं । काभ्रौको महाभारत गाउँपालिका वडा नम्बर ४ तीनखुट्टेमा दम्पतीको हत्या लुटपाटका क्रममा भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले बुधबार पत्रकार सम्मेलन गरेर मानबहादुर बल र श्रीमती केकै माया तामाङको हत्यामा हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका एकजना पुरुषलाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेलमा पत्रकार सम्मेलन गर्दै तीनखुट्टेमा जेठ ७ गते भएको दम्पती हत्यामा संलग्न ३८ वर्षीय एकेन्द्र सार्कीलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार दम्पतीको हत्यामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-१ घर का ३८ वर्षीय एकेन्द्र सार्कीले संलग्नता स्वीकारेका छन् ।

उक्त घटनापछि हत्यामा संलग्नको खोजीका लागि प्रहरीले ‘अप्रेशन महाभारत’ चलाएको थियो ।

एसपी खड्काका अनुसार एकेन्द्रले जेठ ७ गते राति फलामको रड र घन लगायत घरेलु औजारले हानेर दम्पतीको ज्यान लिएका थिए ।

हत्यापछि एकेन्द्रले सुनका गरगहना, दम्पतीको पसलमा रहेको रिचार्ज कार्ड र केही नगद रकमसमेत लुटेर लगेका अनुसन्धानबाट खुलेको खड्काले बताएकी छन् ।

पक्राउ परेका एकेन्द्रले आफ्नो आर्थिक अवस्था कमजोर रहेको र ऋण तिर्न नसकेकाले पैसा जुटाउन लुटपाटका क्रममा उक्त घटना भएको बयान दिएका छन् ।

उनको आर्थिक अवस्था कमजोर रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसअघि लागेको ऋण तिर्न दबाब परेपछि लुटपाट गर्न दम्पतीको हत्या गरेको बयान एकेन्द्रले दिएको खड्काले बताएकी छन् । तर प्रहरीले एकेन्द्रलाई कति ऋण लागेको थियो भन्ने कुरा खुलाएको छैन ।

काभ्रे प्रहरीले तेमाल गाउँपालिका-२ काफलडाँडास्थित चुखाबाट तीनपीपल जाने कच्ची सडक खण्डमा ५७ वर्षीया साहिँली तामाङलाई फलामको रडले हत्या गरेको प्रकरणका अभियुक्त पनि सार्वजनिक गरेको छ ।

साहिँलीलाई शरीरको विभिन्न भागमा रडले हानेर विभत्स रुपमा हत्यामा संलग्न भएको अभियोगमा त्यही ठाउँका ५७ वर्षीय मानध्वज तामाङलाई प्रहरीले बुधबार नै सार्वजनिक गरेको हो । खबरहब

प्रतिक्रिया