लेटेस्ट न्यूज़
२४२ जना सवार जहाज अहमदाबादमा दुर्घटना | प्राविधिक र व्यावसायिक शिक्षाको विषयमा बहस कार्यक्रम हुने | माओवादी आक्रमणमा प्रहरी एसएसपीको मृत्यु, भारत बन्दको आह्वान | सिटिइभिटीका उपनिर्देशकलाई कालोमोसो दलेको आरोपमा गिरफ्तार २ विद्यार्थी नेता रिहा | बालुवाटारमा क्याविनेटको गम्भीर गफगाफ, निर्णय आउने सम्भावना | विप्लव समूहमा पहिरो : दर्जनभन्दा बढी नेता नेकपा (बहुमत) मा प्रवेश | जाजरकोटमा बहुमतको जनसंघर्ष अभियान, संसदीय व्यवस्थामाथि कडा प्रहार | टिआरसीको निष्क्रियताले शान्ति प्रक्रिया संकटमा: अधिवक्ता निरौला | जनयुद्धकालीन मुद्दा टिआरसीमै राख्नुपर्छ : अधिवक्ता एकराज भण्डारी | सरकारको प्रतिशोधी प्रवृत्ति लोकतन्त्रका लागि खतरा : देव गुरुङ |

डुङ्गेश्वरको हनेटा खोलामा झोलुङ्गे पुल निर्माण, स्थानिय जनता हर्षित

Nagarpati 2062+ समाचार ( )
१५ माघ २०७९

दैलेख, दैलेखको डुङ्गेश्वर गाउँपालिका- ३ हनेटा खोलको झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ । गाउँपालिकाको पुर्बी ग्रामिण भेगको विकट ठाउँमा पर्ने उक्त खोलामा बर्षौ देखी झोलुङ्गे पुल नहुदा स्थानिय जनताले सास्ति बेहोर्नु परेको थियो । हाल झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न हुँदा स्थानीय जनता खुषी भएका छन् ।

'करिब बर्ष दिन पहिले कुसे न्युजमा कहिले बन्ला हनेटा टाकुरी खोलाको त्यो झोलुङ्गे पुल ? बर्षौ देखि प्रतिक्षामा स्थानीय जनता, जनप्रतिनिधि भने मौन' शिर्षकमा समाचार प्रकाशित भएको थियो । त्यस पश्चात् स्थानीय व्यापक दवाव पश्चात् कर्णाली प्रदेश सरकारले पुल निर्माणको लागि बजेट बिनियोजन गरेको थियो ।

उक्त पुल निर्माणको लागी कर्णाली प्रदेश, भौतिक पुर्वाधार मन्त्रालयले ४१ लाख सहयोगमा उक्त पुल निर्माण सम्पन्न भएको बुझिएको छ ।

डुङ्गेश्वर गाउँपालिकाको पुर्बि ग्रामिण भेगको विकट ठाउँमा पर्ने त्यस क्षेत्रका जनतालाई ढुक्क संग नदी ओहोरदोहर गर्न मिल्ने गतिलो पुल बेनको थिएन ।

करिव २५ बर्ष देखी उक्त खोलामा कामचलाउँ रुपमा बनाइएको काठको पुलमा ज्यानको बाजि थापेरै ओहोरदोहोर गर्नु पर्ने स्थानीएको बाध्यता थियो । पुल बनेपछी स्थानीय जनतालाई राहत भएको डुङ्गेश्वर गाउँपालिका-३ का स्थानिय जय बहादुर केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

दिपदर्शन १६ माघ २०७९, सोमबार

बहुत राम्रो

हस्त बहादुर खत्रि १५ माघ २०७९, आइतबार

राम्रो बिकास भयाे यसै गरि कहिले बन्ला सवारि अाेर दाेहाेर गर्ने पुल त्याे खाेलामा

सम्बन्धित समाचार