लेटेस्ट न्यूज़
'अहिले सुन तस्करले भेट्यो भने पुलिसलाई उल्टै हप्काइदिन्छ' | ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरुको पदर्शनः सर्वोच्चको आदेश कार्यान्वयनको माग | ब्रिगटीस गोर्खा विदेशीका लागि लड्यो, तर अब नेपाल र आफ्नै लागि लड्छः विगेसो | अछाम घटना : फोनबाट प्रेम सम्बन्ध, पहिलो भेटमै वीभत्स हत्या | अखिल क्रान्तिकारीको जनजाति तर्फको उपाध्यक्षमा मुना थापा मगरको उम्मेदवारी | केन्द्रीय निर्वाचन आयोगको उपाध्यक्षमा सन्ध्या देवी पुन 'सपना'को उम्मेदवारी | बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला | माओवादीको सक्रियता सरकारमा जान हैन, कुलमानलाई चलाए ठिक हुन्नः महासचिव गुरुङ | बहुमतका दाङ जिल्ला सेक्रेटरी अमर खडका रिहा | त्रिपाठीमाथिको आक्रमण कानुनी राज्यकै उपहास : उप्रेती |

साफ महिला च्याम्पियनसिप फाइनल खेलको टिकट बिक्री स्थगित

Nagarpati 1942+ समाचार ( )
यस्तो रहेछ कारण
१२ कार्तिक २०८१

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजधानीमा जारी  साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत फाइनलको खेलको टिकट बिक्री तत्कालको लागि स्थगित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यही कात्तिक १४ गते हुने नेपाल र बङ्गलादेशबीचको फाइनल खेलको टिकट अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको एन्फाले जनाएको छ ।

आइतबार भएको दोस्रो सेमिफाइनल खेलअन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न आउने दर्शक रंगशालाको क्षमताभन्दा बढी भएको र खेलाडी एवं दर्शकको सुरक्षाको लागि तत्कालको लागि टिकट बिक्री गर्न स्थगन गरेको एन्फाको भनाइ छ ।

साफको टिकेटिङ अधिकार प्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले दोस्रो सेमिफाइनल खेलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेकाले यस विषयमा सत्यतत्य बुझेर मात्र टिकेटिङको व्यवस्था गरिने एन्फाले जनाएको छ ।

'नेपाल र भारतबीचको खेलमा संघसँगको सम्झौता विपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै टिकेटिङ्ग अधिकार प्राप्त माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिसँग सत्यतथ्य बुझ्ने कार्य भइरहेको छ । त्यसैले हालकै अवस्थामा कुनै पनि माध्यमबाट टिकट बिक्री नगर्न/नगराउन र अर्को सूचना जारी नभएसम्म फाइनल खेलको टिकट खरिद नगर्न हुन आम दर्शकहरूमा सार्वजनिक आह्वानसमेत गर्दछौँ,’ एन्फाद्वारा आज जारी प्रेस विज्ञपप्तिमा उल्लेख छ ।

यो सार्वजनिक सूचनालाई बेवास्ता गर्दै टिकट बिक्रीवितरण गरी कुनै समस्या आइपरेमा आफू जबाफदेही नहुनेसमेत एन्फाले जनाएको छ ।

नेपाल र बङ्गलादेशबीचको फाइनल खेल यही कात्तिक १४ गते साँझ ६ः३० बजे हुने तय भएको छ ।

यस्तो छ एन्फाको विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित समाचार