लेटेस्ट न्यूज़
'अहिले सुन तस्करले भेट्यो भने पुलिसलाई उल्टै हप्काइदिन्छ' | ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरुको पदर्शनः सर्वोच्चको आदेश कार्यान्वयनको माग | ब्रिगटीस गोर्खा विदेशीका लागि लड्यो, तर अब नेपाल र आफ्नै लागि लड्छः विगेसो | अछाम घटना : फोनबाट प्रेम सम्बन्ध, पहिलो भेटमै वीभत्स हत्या | अखिल क्रान्तिकारीको जनजाति तर्फको उपाध्यक्षमा मुना थापा मगरको उम्मेदवारी | केन्द्रीय निर्वाचन आयोगको उपाध्यक्षमा सन्ध्या देवी पुन 'सपना'को उम्मेदवारी | बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला | माओवादीको सक्रियता सरकारमा जान हैन, कुलमानलाई चलाए ठिक हुन्नः महासचिव गुरुङ | बहुमतका दाङ जिल्ला सेक्रेटरी अमर खडका रिहा | त्रिपाठीमाथिको आक्रमण कानुनी राज्यकै उपहास : उप्रेती |

स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

Nagarpati 1942+ समाचार ( )
१६ मंगशिर २०८०

लुम्बिनी । रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । 

लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुवारी लुम्बिनी ककरहवा सडक खण्डमा आज बिहान स्कुल बसको ठक्करबाट सोही ठाउँका २१ वर्षीय मोहम्मद इरसाद र १६ वर्षीया रुबिना खातुनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिएका हुन् । 

दुर्घटनामा १७ वर्षीया अप्सना खातुनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । सूर्यपुरास्थित सिद्धार्थ प्रतिभा बोर्डिङ स्कुलको लु१क १७७८ नंको बसले लु३७प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको र एकजना घाइते भएको प्रनाउ भट्टले जानकारी दिए । 

बसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको मृत्यु भएपछि आक्रोशित स्थानीयले स्कुलबसमा आगो लगाइदिएका छन् । बस पूर्ण रुपमा क्षति भएको छ । त्यस क्षेत्रको अवस्था अहिले सामान्य बन्दै गएको पनि प्रहरीले जनाएको छ । घटनापछि बसका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले बताएको छ । आज स्कुलका विद्यार्थी बोकेर भ्रमणमा जाँदै गरेको स्कुल बसले ठक्कर दिएर यस्तो घटना भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार