लेटेस्ट न्यूज़
२४२ जना सवार जहाज अहमदाबादमा दुर्घटना | प्राविधिक र व्यावसायिक शिक्षाको विषयमा बहस कार्यक्रम हुने | माओवादी आक्रमणमा प्रहरी एसएसपीको मृत्यु, भारत बन्दको आह्वान | सिटिइभिटीका उपनिर्देशकलाई कालोमोसो दलेको आरोपमा गिरफ्तार २ विद्यार्थी नेता रिहा | बालुवाटारमा क्याविनेटको गम्भीर गफगाफ, निर्णय आउने सम्भावना | विप्लव समूहमा पहिरो : दर्जनभन्दा बढी नेता नेकपा (बहुमत) मा प्रवेश | जाजरकोटमा बहुमतको जनसंघर्ष अभियान, संसदीय व्यवस्थामाथि कडा प्रहार | टिआरसीको निष्क्रियताले शान्ति प्रक्रिया संकटमा: अधिवक्ता निरौला | जनयुद्धकालीन मुद्दा टिआरसीमै राख्नुपर्छ : अधिवक्ता एकराज भण्डारी | सरकारको प्रतिशोधी प्रवृत्ति लोकतन्त्रका लागि खतरा : देव गुरुङ |

विद्यार्थी नेता राईको गिरफ्तारी विरुद्ध ११ वटा संगठनको विरोध

Nagarpati 2062+ समाचार ( )
स-सम्मान रिहा गर्न माग
५ जेठ २०८१

काठमान्डौ । मोहन वैद्य किरन नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईको गिरफ्तारी विरुद्ध ११ वटा संगठनहरुले विरोध जनाएका छन् ।

शनिवार उक्त पार्टी निकट ११ वटा जवस र मोर्चाहरुले
शनिवार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी नेता राईको गिरफ्तारी गैरन्यायिक भएको भन्दैं यथाशीघ्र रिहा गर्न माग गरेका छन् ।

गत वैशाख ३१ गते राती ९ः०० बजे आफ्नै निवास स्थानबाट गिरफ्तार गरिनु भएका अखिल (क्रान्तिकारी)का केन्द्रीय संयोजक मिलन राईलाई बिनाकारण यतिका दिनसम्म प्रहरीले हिरासतमा राखेको प्रति गम्भीर ध्यानाकर्षण समेत जनाएका छन् ।

उक्त विज्ञप्तिमा शिक्षा क्षेत्रमा भैरहेको चरम मुल्य वृद्धि एवं लूटतन्त्रका विरुद्ध आवाज उठाइरहेको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र त्यसका नेता कार्यकर्ताहरुका विरुद्ध गृहप्रशासनको निरन्तर दमन, धरपकड शृङ्खलाको कडिको रुपमा यो गिरफ्तारी भएको कुरा स्पष्ट रहेको समेत बताइएको छ ।

विना आधार कथित “अभद्र व्यवहार” को झुट्टा मुद्दा लगाएर शान्तिपूर्ण विरोध र असहमति जाहेर गर्ने संवैधानिक अधिकारको समेत खिल्ली उडाउदै जनवादी, वामपंथी एवं क्रान्तिकारी शक्तिलाई तर्साउन गरिने यस्ता दमन धरपकड अलोकतान्त्रिक र फासिवादी अभ्यासका रुपहरु भएको समेत बताएका छन् ।

विज्ञप्तिको अन्त्यमा गृह प्रशासनको सबैखाले दमन, धरपकड एवं गिरफ्तारीको विरोध गर्दै सरकार एवं गृह प्रशासनलाई संवैधानिक हक तथा लोकतान्त्रिक अधिकारको सम्मान गर्दै अखिल (क्रान्तिकारी)का संयोजक मिलन राईको बिनासर्त, सम्मानजनक रिहाईको जोडदार माग गरिएको छ ।

विज्ञप्तिको पूर्णपाठ :

प्रतिक्रिया

सम्बन्धित समाचार