लेटेस्ट न्यूज़
एकल महिलाको सम्पत्तिमा सत्ता संरक्षित डकैती ! | प्रचण्डमाथि प्रहार : प्रचार, भ्रम र वास्तविकताको दोधार | एपेक्स स्कुलमा विद्यार्थीमाथि निर्घात कुटपिट, दोषीमाथि कारबाहीको माग | निर्वाचनको बदला ‘जाहेरी’: विद्यार्थी आन्दोलनमाथि हमला | भ्रष्टचारको मुल नै वर्तमान राजनीतिक व्यवस्था हो : कञ्चन | ‘चप्पल पट्काएर’ सत्तामा पुगेकाहरूको पोल खोल्दै युवा संगठन | आरआर क्याम्पसमा स्ववियु प्रकरणले लियो कानुनी मोड | चार वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाउन माग | कम्युनिस्ट युवा संगठनले भोलि पत्रकार सम्मेलन गर्दै | निजी विद्यालयको मनपरीविरुद्ध अखिल (क्रान्तिकारी) बाँकेको कडा चेतावनी |

इलाम–२ मा घण्टीको जमानत जफत

Nagarpati 2020+ समाचार ( )
१८ वैशाख २०८१

काठमाडौं । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवारको जमानत जफत भएको छ ।

आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएको बताएको छ ।

निर्वाचनमा सदर मत ६८ हजार चार सय ७२ को १० प्रतिशत अर्थात ६ हजार आठ सय ४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दल र छ स्वतन्त्र उम्मेदवारको जमान जफत भएको हो।

चौथो स्थानमा रहेका रास्वपाका लिम्बूले पाँच हजार ५० मतमात्र पाएर जमानत जफत भएको हो ।

त्यस्तै अन्य दल र स्वतन्त्र उम्मेदवारको समेत जमानत जफत भएको हो ।
जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली छन्। 

यसैगरी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको पनि जमानत जफत भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार