मानव सामाजको बिकास प्रक्रियाका क्रममा जन्मिएको शोषणमूलक समाज अथवा दुईवटा बर्गका बीचको वर्गीय अन्तरविरोध समाधानका लागि विविध प्रकारका संघर्ष हुदै आएका छन्।
यसै क्रममा आजभन्दा १३६ वर्ष अगाडि अमेरिकाको सिकागो सहरमा मजदुरहरूले गरेको विद्रोहलाई सम्झँदै १३६ औँ विद्रोहको दिवस मनाउन गइरहेका छौ । यसै सन्दर्भमा मजदुर मुक्तिको शुभकामना व्यक्त गर्न चाहन्छु।
वर्ग संघर्षका क्रममा समाजले विभिन्न युगहरू पार गर्दै आएका छन्। आदिम समाजवाद पछि दास युग , सामन्तवादी युग जस्तो घोर दमनकारी युगमा श्रमिक वर्गले आफ्नो वर्ग क्षमताका भिषण संघर्ष गर्दै आएका इतिहास नै पर्तमानको यथार्थ हो तर दर्शन, राजनीति र संगठनको स्पष्ट कार्यदिशाको अभावमा सर्वहारा वर्ग अथवा उत्पीडित बर्गले अन्तरविरोध समाधानको वैज्ञानिक बिचारको विकास प्राप्त गर्न नसक्नु नै पूजीपति बर्गले आफ्नो बर्गको वर्गीय स्वार्थ पुर्तिका खातिर श्रमिक बर्गलाई बढी भन्दा बढी श्रम गराएर कम भन्दा कम ज्याला दिएर शोषण र उत्पीडन गर्दै आए। यसैको जगमा पूंजीपति वर्ग र सर्वहारा मजदूर वर्गका बीचमा देखा परेको अन्तरविरोधका कारण विभिन्न समयमा तीव्र बर्ग संघर्ष हुन पुग्यो। यद्यपी शुरुका चरणमा मजदुरहरूको आफ्नो वैज्ञानिक दर्शनको अभावमा आन्दोलनलहरुले खासै प्रगति गर्न सकेनन्। सर्वहारा वर्गले मौखिक असन्तुष्टीका माध्यमबाट आफ्ना अभिव्यक्ति जाहेर गर्दै अगाडी बढ्ने क्रममा पूंजीपति वर्ग तथा उसको राज्य सताले समस्या समाधान होइन आर्थिक, राजनैतिक सामाजिक र सांस्कृतिक अधिकारहरू कब्जा जमाएर दमनका विभिन्न हथकाण्ड कार्यन्वयन गर्न अग्रसर भए। नियम, कानून, जेल, सेना र हतियार जस्ता शक्तिसाली साधनको बलमा सर्वहारा वर्गको अधिकार प्रति ठाडो हस्तक्षेपको योजना बनाउन पुगे। सामान्य अवस्थाबाट शुरु भएको मजदूर आन्दोलन प्रति पूंजीपति वर्गद्वारा अपनाइएको आन्दोलनका स्वरुपहरू बदल्न बाध्य भए। शान्तिपूर्ण संघर्षलाई कहिले कमजोरीका रुपमा त कहिले हातहतियारका बलमा दबाउने जस्ता पूँजीबादी सोचका कारण अन्तरविरोध शान्तिपूर्ण रुपबाट समाधान गर्ने ढोकाहरू बन्द हुँदै गएका थिए। बस्तुले चेतना जन्मन्छ भन्ने विज्ञानको यथार्थता संगै मजदूर वर्गले आफ्ना पुराना मूल्य र मान्यताका घेरा तोड्दै ध्वसात्मक तथा सशस्त्र प्रकारका विधि अवलम्बन गर्न बाध्य बन्न पुगे ।
दास कालिन युग होस या सामन्तवादी युग होस उत्पीडित वर्गले आफ्नो जीवनको बाजी मारेर संघर्ष गरेका कारण युगको परिवर्तन संगै स्थापित भएको पूंजीवादी युगका बिरुद्ध सर्वहारा मजदूर वर्गले चलाएका शान्तिपूर्ण र सशस्त्र संघर्षका कारण कतिपय दार्शनिकहरु सोच्न बाध्य बनिरहेका थिए। यद्यपी तात्कालीन अवस्थाका दार्शनिकहरूले अन्तरविरोधको वस्तुगत यथार्थको विश्लेषण र संस्लेषण गर्न नसक्दा अन्तरविरोधको वैज्ञानिक निस्कर्ष दिन सकेनन् । आदर्शवादी तथा सुधारवादी दार्शनिकहरूको विश्लेषणले मजदूर वर्गमा एक प्रकारको उत्साह जगाउन भने मद्दत पुन्याउदै थियो। यसै सन्दर्भमा माक्स एंगेल्सहरुले मजदूर आन्दोलनको मात्र होइन मानव समाजको उत्पत्ति, विकास र शोषण, दमन, उत्पीडनका सन्दर्भमा वस्तुसंगत व्याख्या विश्लेषण सहित समाधानका निमित्त वर्गहरूको वर्ग विश्लेषण गर्नुभयो। समाजमा रहेको वर्ग अन्तरविरोध सही समाधानका निमित्त राज्यसत्तामा सर्वहारा वर्गको पहुँच कायम गर्न वर्ग संघर्षको कडीलाई दह्रोसंग पकड्दै सशस्त्र संघर्षमा बदल्नु पर्ने संघर्षको विधि निश्चित गर्नु भयो । समाजवाद, साम्यवाद जस्ता राज्यसत्ताका स्वरुप तय गरिए ।
अपनाइएको तीव्र दमनात्मक नीतिका बिरुद्ध स्वाभाविक दर्शन, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद जस्ता तीन संघटक अङ्गहरूको सारतत्व नै माक्र्सवाद बन्न पुग्यो भने मजदूर वर्गका प्रमुख तीन कार्यभार सहि विचारमा संगठित हुनु, क्रान्ति गर्नु र वैज्ञानिक समाजबादी सत्ता निर्माण गर्नु मजदूर बर्गका प्रमूख कार्यभार बन्न पुग्यो । पेरिस, रुस, चीन र संसारका कैयौं देशमा मजदूर बर्गले यो मिशन पूरा गर्यो । हाम्रो देशमा यसको सुरुवात भएको छ । यसलाई पूर्ण विजयसम्म पुर्याउने जिम्मा नेपाली मजदूर वर्गमा आई पुगेको छ। मार्क्सबादी विचार औद्योगिक क्रान्ति र मजदूर वर्गको विशाल फौजको आधारले जन्माइ दिएको वैज्ञानिक विचार हो । औद्योगिक उत्पादनमा मजदूरहरूको असीमित श्रम, पूंजीको विशाल उत्पादन र मजदूरले विताउनु परेको पिडादायी र संकटपूर्ण जीवनको गहिरो विश्लेषण र सलेषणले यो बिचारको बिकास थप भएको छ । उद्योगपति र मालिकहरूले मजदूरमाथि कसरी बेलगाम लुट थोपर्दछन्, मजदूरले आन्दोलन गरे कसरी राज्य सत्ताको प्रयोग गरेर दमन गर्दछन् भन्ने / सच्चाईको अध्यनबाट मार्क्सवाद बिकास भयो। मजदूर माथि सामन्त दलाल र पूँजीवादीहरूले बिज्ञान प्रबिधिको प्रयोग सगै कसरी किनवेच गर्छन र उत्पादनको साधन बदलिन्दा उपयोग गर्ने निति बदल्दै बिस्थापित बर्गमा पुर्याउछन् भन्ने खोजपछि मजदूर वर्गको सत्ता बैज्ञानिक समाजबाद निर्माण गर्नु पर्ने र आफै नेतृत्व गरेर उत्पादन गर्नुपर्ने सिद्धान्त खडा गर्नु पर्ने भयो । यो विचार मजदूर र बौद्धिक मान्छेहरूको विचारमा भएपछि अर्थतन्त्र सहितको बैज्ञानिक समाजबाद निर्माण गर्दै जानू पर्ने सिद्धान्तको रुपमा स्थापित गर्दै मजदूर वर्गलाई विद्युतीय गतिमा प्रवाहित पार्दै लाखौ लाख मजदूरहरूलाई विश्व व्यापी रुपमा यो विचार वरिपरि संगठित गर्दै छिटो भन्दा छिटो आवद्ध गराएर पूंजीवादीहरूले पञ्छाउनै नसक्ने गरी संगठनको जालो विछाए मात्र पुजीवादको घाटी समाउन सकिने छ ।
मार्क्सले यो मजदूर वर्गीय विचार र सिद्धान्तलाई कम्युनिष्ट घोषणा पत्र मै उल्लेख गर्नु भयो कि “मजदूर वर्गको मुक्तिवाहेक कम्युनिष्टहरूको छुट्टै कुनै उद्देश्य र स्वार्थ हुदैन”। वास्तवमा मजदूरवर्ग उत्पादन संघर्षमा सवैभन्दा पछाडि जन्मिएको अग्रगामी र श्रमिकवर्ग हो उसले समाज र मानवजातिकोलागि जति निस्वार्थी र कुशलतापूर्वक सेवा गर्न र नेतृत्व गर्न सक्छ । सम्भवतः कुनैपनि वर्गले गर्न सम्भव छैन । त्यसैले यो वर्गको अगुवामा सत्ताको निर्माण गर्ने विषय निकै अर्थपूर्ण छ । हर कम्युनिष्टले यो सच्चाईलाई वुझ्नै पर्दछ र मजदूर वर्गले पनि आफ्नै सहि विचारमा संगठित हुन जोड गर्नै पर्दछ ।
मार्क्सवादी सिद्धान्तमा क्रान्ति समाज विकास र रुपान्तरणको निम्ति अनिवार्य प्रक्रिया हो । समाजको निरन्तरता र क्रान्ति। क्रान्ति निरन्तरता र क्रान्ति समाजमा चलि रहने क्रम हो । हालसम्म मानव समाजले तीनवटा युगान्तकारी क्रान्ति पार गरी सकेको छ तर मानव समाजले पार गर्ने पर्ने अन्तिम क्रान्तिलाई पूरा गरी सकेको छैन मार्क्सवादले पछिल्लो पटक क्रान्तिलाई अन्तिम रुप दिने कोशिस गरेको छ कम्तिमा सत्रुतापूर्ण संघर्षहरूका इतिहासलाई अन्त्य गरी रचनात्मक क्रान्तिमा समाजलाई प्रवेश गराउन समाजवादी क्रान्ति पूरा गर्नु पर्ने विचार राखेको छ । त्यसैले मानव समाजले अन्तिम पटक पार गर्ने पर्ने क्रान्तिको रुपमा बैज्ञानिक समाजवादी क्रान्तिलाई अगाडि सारिएको छ ।
हालसम्मका क्रान्ति सापेक्षित रुपले अग्रगामी र क्रान्तिकारी वर्गले सम्पन्न विचार गर्दै आएका छन् श्रमिकहरूले दासयुगलाई समाप्त र किसानहरूले सामन्ती युगलाई , मजदूर वर्गले अबको कान्ति दलाल पूंजीवादी विरुद्ध केन्द्रीत हुने र यसको नेतृत्व मजदूर वर्गले गर्नु पर्ने छ। यो वर्ग ने आज सम्मको सबैभन्दा श्रेष्ठ वर्ग हुनुको कारण यसले सम्पन्न गर्ने कान्तिने मानव जातिलाई सदाको लागि शान्तिपूर्ण र रचनात्मक कान्तितर्फ प्रवेश गराउन सक्ने छ। यस अर्थमा मजदूर वर्गले शोषणकारी युगको अन्त्य गर्न कान्ति गर्ने जिम्मेवारी पूरा गर्नु पर्ने छ । बैज्ञानिक समाजबदी क्रान्तिले मानव जातिलाई उत्पीडन र युद्धबाट सदाकोलागि मुक्त गर्ने विचार बोकेको छ। माथि नै उल्लेख गरियो कि त्यो समाजवादी कान्तिले गर्नेछ परन्तु क्रान्ति पूरा गरेर मात्र उत्पीडन र युद्धको अन्त्य सम्भव छैन त्यसकोलागि मार्क्सवादले पुष्टि गरेको छ कि समुदायले नेतृत्व गरेको समाजवादी सत्ता अनिवार्य छ । समाजवादी सत्ता बिगतका दास मालिक, सामन्ती र दालाल पूंजीवादीहरूको सत्ताको उल्टो वैज्ञानिक सत्ता हो यो सत्ता मुठ्ठीभर मालिक र सामन्तहरूको स्वार्थ रक्षा गर्ने साधन नभई अत्यधिक मानव जातिको रक्षा र हित गर्ने सत्ता हो यसले पूरानो सत्ताको जस्तै उत्पीडन गर्ने छैन यसले शान्तिपुण नेतृत्व गर्दछ। यस अर्थमा माजदूर बर्गको तेश्रो दायित्व भनेको समाजवादी सत्ताको निर्माण सत्ताको प्राप्ती र रक्षा गर्नु हो । देशमा बैज्ञानिक समाजबादी क्रान्तिको नेतृको छ । पछिल्लो समयमा मजदुरहरू पुरापुर यो विचार र आन्दोलन वरिपरि संगठित हुदैछन्। कान्तिकारीहरू धेरै भन्दा धेरै मजदुरहरूलाई वैज्ञानिक समाजबादी क्रान्तिको विचारको वरिपरि संगठित गर्नु पर्दछ। उनीहरूलाई विचारद्वारा प्रशिक्षित गर्नु पर्दछ र मजदूर वर्गको काँधमा आएको क्रान्ति सबै श्रमिकहरूलाई संगठित गरेर क्रान्ति पूरा गर्ने जिम्मा निभाउनै पर्दछ । नेपाली जनताले ठूला ठुला वर्ग सघर्षहरूमा बैरीहरूलाई तल पारेका छन् र परास्त गरेका छन् । बन्दुकको युद्धमा होस् या कुनै आन्दोलनमा घोडामा चढेका महलमा बसेका र सत्ताको मातमा जनतालाई हेप्ने शासकहरूलाई जनताले पछारेका छन् तर सर्वहारावर्गको सत्ता आइसकेको छैन यद्यपी जनताको हातमा सत्ता समृद्धिको आउने सम्भावना छ। त्यसको निम्ति तेश्रो संघर्ष हाम्री आगाडी खडा छ। अर्थात जनसत्ताको लागि संघर्ष बाँकी छ त्यो संघर्ष मजदूरबर्गले पूरा गर्ने पर्नेछ ।
मजदूर वर्गले कान्ति पूरा गर्ने सम्भावना नेपालमा भरपुर मात्रमा छ। यहाँ पूरानो सत्ता र पार्टीहरूबाट जनता सन्तुष्ट छैनन् । उत्पादन सहितको क्रान्तिको बहसले जनता अपेक्षित छन् । यहि हामीले कान्तिका यस्ता आधारहरूलाई कुशलतापूर्वक प्रयोग गर्ने र राष्ट्र र जनताको जिम्मा लिनेगरी विशाल मोर्चा निर्माण गर्दै बैज्ञानिक समाजबाद निर्माण गर्दै अगाडि कदम चालियो भने पुरानो सत्ताको ठाउँमा नयाँ सत्ता खडा गर्ने सम्भावना प्रवल छ ।