लेटेस्ट न्यूज़
२४२ जना सवार जहाज अहमदाबादमा दुर्घटना | प्राविधिक र व्यावसायिक शिक्षाको विषयमा बहस कार्यक्रम हुने | माओवादी आक्रमणमा प्रहरी एसएसपीको मृत्यु, भारत बन्दको आह्वान | सिटिइभिटीका उपनिर्देशकलाई कालोमोसो दलेको आरोपमा गिरफ्तार २ विद्यार्थी नेता रिहा | बालुवाटारमा क्याविनेटको गम्भीर गफगाफ, निर्णय आउने सम्भावना | विप्लव समूहमा पहिरो : दर्जनभन्दा बढी नेता नेकपा (बहुमत) मा प्रवेश | जाजरकोटमा बहुमतको जनसंघर्ष अभियान, संसदीय व्यवस्थामाथि कडा प्रहार | टिआरसीको निष्क्रियताले शान्ति प्रक्रिया संकटमा: अधिवक्ता निरौला | जनयुद्धकालीन मुद्दा टिआरसीमै राख्नुपर्छ : अधिवक्ता एकराज भण्डारी | सरकारको प्रतिशोधी प्रवृत्ति लोकतन्त्रका लागि खतरा : देव गुरुङ |

प्रचण्डमाथि प्रहार : प्रचार, भ्रम र वास्तविकताको दोधार

Nagarpati 2062+ समाचार ( )
२७ वैशाख २०८२

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालको आलोचना र व्यंग्यको केन्द्रमा छन्। राजधानीको एक रिसोर्टमा आयोजित विवाह पार्टीमा सहभागी भएका बेला उनी चिप्लिएर लडेको भन्ने समाचार सार्वजनिक भएपछि त्यसले व्यापक चर्चा र भ्रम फैलाएको छ।

सूत्रहरूका अनुसार, माओवादी आन्दोलनसँग जोडिएका एक युवाजोडीले पेरिसडाँडा पार्टी कार्यालयमा जनवादी शैलीमा विवाह गरेका थिए। त्यसै दिन, साँझ राजधानीको एक महँगो रिसोर्टमा त्यसै जोडीको विवाहपछिको ‘पार्टी’ आयोजना गरिएको थियो, जहाँ प्रचण्ड पनि उपस्थित थिए। त्यही रिसोर्टमा सौचालयतिर जान खोज्दा उनी चिप्लिएर लडेको चर्चा सामाजिक सञ्जालमा तिब्र रूपमा फैलिएको हो।

तर प्रचण्ड सचिवालयले भने घटनाबारे भिन्न विवरण सार्वजनिक गरेको छ। सचिवालयका अनुसार, “अध्यक्ष प्रचण्ड आफ्नै निजी निवासको सौचालयमा चिप्लिएर लडेका हुन् र सामान्य टाउकोमा चोट लागेको छ।”

यस बयानपछि घटनाबारे दुईथरी विवरण सार्वजनिक भएका छन्—एक त सामाजिक सञ्जालमा चलिरहेको ‘रिसोर्टमा चिप्लिएको’ कथा र अर्को, प्रचण्डको निजी निवासको सत्यता दाबी गर्ने सचिवालयको आधिकारिक भनाइ।

सोही घटनालाई लिएर सामाजिक सञ्जालमा "क्रान्तिकारी नेता पूँजीवादी रिसोर्टमा" भन्ने व्यंग्यात्मक टिप्पणीहरू भइरहेको छन्। माओवादी आन्दोलनको पृष्ठभूमिबाट आएका नेताहरू महँगो रिसोर्टमा सहभागी हुनु र त्यहाँ लड्नु, कतिपयको नजरमा विचार र व्यवहारबीचको अन्तरविरोधको प्रतीक बनेको छ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले आफूविरुद्ध “अवसरवादीहरूले योजनाबद्ध ढंगले भ्रम छरेको” गुनासो गरे। उनले माओवादी आन्दोलन र नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले यस्ता अफवाह फैलाइएको दाबी गरे।

यसबीच कतिपयले भने घटनालाई मानवीय दृष्टिकोणबाट पनि हेर्न आग्रह गरेका छन्। एक नेताले सामाजिक सञ्जालमा लेखेका छन्, “एक जना वरिष्ठ नेताको स्वास्थ्य समस्या सामान्य मान्न सकिँदैन। तर त्यसलाई मजाक बनाउने प्रवृत्ति खेदजनक हो।”

यद्यपि राजनीतिक विश्लेषकहरू भन्छन्, “सार्वजनिक जीवनमा रहेका नेताको हरेक क्रियाकलाप समीक्षा र आलोचनाको दायराभित्र पर्छ, विशेषतः ती नेताहरू क्रान्तिकारी मूल्यको प्रतिनिधित्व गर्छन् भने।”

प्रचण्ड चिप्लिए वा नचिप्लिए—त्यो भन्दा पनि महत्त्वपूर्ण विषय हो, यस्ता सामान्य घटनाहरू किन व्यापक सामाजिक र राजनीतिक विमर्शको विषय बन्छन्?

त्यसको उत्तर खोज्दा नेताहरूको जीवनशैली, सार्वजनिक छवि, विचार र व्यवहारबीचको अन्तरको गहिरो बहस खुल्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार