लेटेस्ट न्यूज़
एकल महिलाको सम्पत्तिमा सत्ता संरक्षित डकैती ! | प्रचण्डमाथि प्रहार : प्रचार, भ्रम र वास्तविकताको दोधार | एपेक्स स्कुलमा विद्यार्थीमाथि निर्घात कुटपिट, दोषीमाथि कारबाहीको माग | निर्वाचनको बदला ‘जाहेरी’: विद्यार्थी आन्दोलनमाथि हमला | भ्रष्टचारको मुल नै वर्तमान राजनीतिक व्यवस्था हो : कञ्चन | ‘चप्पल पट्काएर’ सत्तामा पुगेकाहरूको पोल खोल्दै युवा संगठन | आरआर क्याम्पसमा स्ववियु प्रकरणले लियो कानुनी मोड | चार वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाउन माग | कम्युनिस्ट युवा संगठनले भोलि पत्रकार सम्मेलन गर्दै | निजी विद्यालयको मनपरीविरुद्ध अखिल (क्रान्तिकारी) बाँकेको कडा चेतावनी |

अछामको कमलबजार विमानस्थलमा दोस्रो पटक सफल परीक्षण उडान

Nagarpati 2020+ समाचार ( )
१३ पौष २०८१

अछाम । अछामको कमलबजार विमानस्थलमा शनिबार परीक्षण उडान भएको छ। नेपालगन्जबाट तारा एयरको ९एन–एईभी विमान कमलबजार विमानस्थलमा दिउँसो ३ बजे अवतरण भएको थियो। उडानको नेतृत्व क्याप्टेन टीएस नगरकोटीले गरेका थिए। ११ बजे नै नेपालगन्जबाट परीक्षण उडान गर्ने भनिएकोमा खराब मौसमका कारण ढिलो भएको थियो। 

शनिबारै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले विमानस्थलको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय थियो। परीक्षण उडान गरेर फर्के जहाज खराब मौसमका कारण मन्त्री मन्त्री पाण्डेलाई लिएर आउन सकेन। कमलबजार नगरपालिकाका मेयर यज्ञप्रसाद ढकालले खराब मौसमका कारण उद्घाटन कार्यक्रम स्थगित गरिएको र १५/२० दिन भित्र विमानस्थलको उद्घाटन कार्यक्रम फेरि तय गरिने बताए। 

विमानस्थल उडान परीक्षणका क्रममा स्थानीयहरू निकै खुशी र हौसिएका मेयर ढकालले बताए। उनले यस क्षेत्रका ५ पालिका मंगलसेन नगरपालिका, कमलबजार, पञ्चदेवल विनायक, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकासँग समन्वय गरेर नियमित उडानका लागि बजेटको व्यवस्था गर्ने बताए। उनले भने, ‘अब उडान नियमित सञ्चालन गर्ने छौं। सुरुमा एकपटक कमलबजारबाट नेपालगन्जका लागि उडान गर्ने गरी पहलमा छौं। कमलबजारबाट जहाज चढ्ने र सहजै रुपमा गन्तव्य पुग्ने यहाँका स्थानीयहरू सपना अब पूरा हुनेछ।’ 

मेयर ढकालले विमानस्थलमा पहिलो पटक नभएर दोस्रो पटक उडान परीक्षण गरिएको बताए। ढकालले २०६५ सालमा पनि पहिलो पटक उडान परीक्षण गरिएको बताए। उनले भने, ‘२०४९ मा विमानस्थलको निर्माण कार्य सुरु भयो। २०५९ तिर द्वन्द्वकालमा माओवादीले विमानस्थलमा बनेका टर्मिनल भवन,  बन्दै गरेको रिपिटर टावर ध्वस्त बनाए। त्यसपछि गौचरण जस्तै बनेको विमानस्थलमा २०६५ मा उडान परीक्षण भयो। त्यति बेला पर्यटन मन्त्री लोकेन्द्रबहादुर विष्ट मगर थिए। दोस्रो पटक आज उडान परीक्षण सफल भएको छ। मौसम खराबीका कारण भने केही समस्या भयो।’ 

निर्माण सुरु भएको लामो समयसम्म गति लिन नसकेको विमानस्थलमा आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटले विमानस्थलमा ग्राभेल गरिएपछि परीक्षण उडान भएको हो। परीक्षण उडानको तयारी भएपछि एक महिना पहिले विमानस्थलको संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीले समेत अनुगमन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार