काठमाडौं । पर्यटकीय क्षेत्रमा कुनै पनि पर्यटकको आगमनसँगै उनीहरूको सुरक्षा र सहज व्यवस्थापन पहिलो प्राथमिकताको विषय हो । खुम्बु पासाङल्हामु गाउँपालिकाले यसलाई मनन गर्दै ुट्रेक कार्डु लागु गरेको छ ।
खुम्बुक्षेत्रमा आएका पर्यटकको सुरक्षा, व्यवस्थापन र पर्यटन प्रवर्द्धन तथा प्रचार-प्रसार गर्ने उद्देश्यले 'ट्रेक कार्ड' प्रयोगमा ल्याइएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरीङ शेर्पाले बताए । 'खुम्बुक्षेत्रमा आएका पर्यटकको सुरक्षा र व्यवस्थापनको प्रत्याभूति गर्नु गाउँपालिकाको कर्तव्य हो', अध्यक्ष शेर्पाले भने, 'ट्रेक कार्डले पर्यटक सुरक्षित छन् भन्ने जानकारी लिन बिहान निस्किएको ठाउँ र बेलुका पुगेको ठाउँको ट्र्याक गर्छ ।'
यो खुम्बु गाउँपालिका आफैँले तयार गरेको डिजिटल प्रणालीमा आधारित कार्ड हो । यसले खुम्बुक्षेत्रमा घुम्न पुगेका पर्यटकलाई ट्र्याक गर्छ । हाल खुम्बुक्षेत्रको विभिन्न ६ स्थानमा कार्ड प्रयोगका लागि चेक प्वाइन्टहरू खडा गरिएका छन् ।
पर्यटकले बिहान निस्कने बेलामा आफू नजिकैको चेक प्वाइन्ट र साँझ उनीहरू बस्ने ठाउँमा रहेको चेक प्वाइन्टमा स्क्यान गर्नुपर्छ । यसले उनीहरू कहाँ छन् भन्ने जानकारी गाउँपालिका र सम्बन्धित निकायहरूमा स्वतः पुग्छ । कार्डले उनीहरू बिहान कुन ठाउँबाट हिँडे र साँझ कुन ठाउँमा पुगे भन्ने सूचना उपलब्ध गराउँछ ।
गाउँपालिकाले ११ हजार पर्यटकलाई यो कार्ड दिएर परीक्षण गरेको थियो । खुम्बुक्षेत्र आएका पर्यटक तथा उनीहरूको समूहलाई गाउँपालिकाले कार्ड प्रयोग गर्न लगाएको थियो । यो समाचार नागरिक दैनिकमा छ ।
zahry machinery equipment llc is a company specializing in the supply and servicing of high-quality industrial equipment. We offer a wide range of equipment for various industries, including construction, mining, agriculture, and more. Our goal is to provide our customers with reliable and efficient solutions for their businesses. ZAHRY MACHINERY EQUIPMENT LLC Zeolite Heavy Equip zeolite heavy equipment llc Zahry Machinery Equipment Zahry Machinery Equipment Zahry Machinery Equipment Zeolite Heavy Equipment LLC zeolite heavy equipment llc zahry machinery equipment llc Zeolite Heavy Equipment LLC 20bac60
Куда Продать ParkCity Выкуп