लेटेस्ट न्यूज़
एकल महिलाको सम्पत्तिमा सत्ता संरक्षित डकैती ! | प्रचण्डमाथि प्रहार : प्रचार, भ्रम र वास्तविकताको दोधार | एपेक्स स्कुलमा विद्यार्थीमाथि निर्घात कुटपिट, दोषीमाथि कारबाहीको माग | निर्वाचनको बदला ‘जाहेरी’: विद्यार्थी आन्दोलनमाथि हमला | भ्रष्टचारको मुल नै वर्तमान राजनीतिक व्यवस्था हो : कञ्चन | ‘चप्पल पट्काएर’ सत्तामा पुगेकाहरूको पोल खोल्दै युवा संगठन | आरआर क्याम्पसमा स्ववियु प्रकरणले लियो कानुनी मोड | चार वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाउन माग | कम्युनिस्ट युवा संगठनले भोलि पत्रकार सम्मेलन गर्दै | निजी विद्यालयको मनपरीविरुद्ध अखिल (क्रान्तिकारी) बाँकेको कडा चेतावनी |

विरेन्द्रनगरमा खुल्यो बदिया भालेको स्वादमा माया थकाली

Nagarpati 2020+ समाचार ( )
१९ चैत्र २०८१

विरेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगरमा दाङको चर्चित बदिया भालेको स्वाद सहित माया थकाली रेष्टुरेन्ट तथा क्याफे सुरु भएको छ । प्रतिभा वली र हरी कठायत संचालक रहेको माया थकाली विरेन्द्रनगरको रंगशाला पुर्वी गेटमा सुरु भएको हो ।

सोमबार बिभिन्न व्यवसायीहरुको उपस्थीतिमा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्षमान कंडेलले उक्त रेष्टुरेन्ट एण्ड क्याफे उद्घाटन गरेका हुन् । पारिवारिक वातावरण सहितको  माया थकालीमा दाङको बदिया, छेडाको स्पेशल माछाको स्पेशल परिकार पाइने संचालक प्रतभिा वली र हरि कठायतले जानकारी दिए । कठायतले भोक मेटाउने मात्रै भन्दा पनि फरकपनसहित अर्गानिक खानाको स्वाद लिनको लागि माया थकाली सुरु गरेको बताए । कर्णालीको स्पेशल रैथाने खानासेटसंगै रुकुम र जाजरकोट लगायत उच्च हिमाली भेकको सिमीको दालको स्वाद लिन सकिने बताइएको छ । साथै भेरी र कर्णालीको माछाको परिकार समेत बनाइने बताइएको छ ।

संचालक कठायतका अनुसार माया थकालीमा छेडाको माछा दाङको बदिया भालेको परिकार बिशेष ढंगले बनाइने बताइएको छ । बजार क्षेत्रमा खाना तथा खाजाका लागि पारिवारिक र आकर्षक रेस्टुरेन्टको अभाव देखेरै माया थकाली सुरु गरेको बताए । थकाली खाना, कर्णाली प्रदेशका विभिन्न परिकार  पाइने बताए । उनले अन्य रेस्टुरेन्टको भन्दा फरक स्वादमा खाना पाइने दावी समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार