बाँके, बाँकेको कोहलपुर देखि सुर्खेत सडक खण्डमा गुडिरहेको जिपमा लागेको आगोका कारण यात्रुहरुको भागाभाग भएको छ ।
बैजनाथ गाउँपालिका १ को देउरालीमा भे.१ च ४४७० नम्बरको राइनो जिपमा वायरिङ सर्ट हुँदा लागेको आगोपछि १३ जना यात्रुले भागेर ज्यान जोगाएको बताइन्छ ।
आज बिहान भएको उक्त दुर्घटनास्थलमा सेनाको टोली तत्काल पुगेर आगलागी नियन्त्रणमा लिएको थियो । अर्जुनवाण गण सुरक्षा पोष्ट देउरालीबाट चार जनाको टोलीलगत्तै घटनास्थल पुगेको हो ।
आगलागीबाट मानवीय क्षति नभए पनि जिप पूर्णरुपमा जलेर नष्ट भएको छ ।