लेटेस्ट न्यूज़
'अहिले सुन तस्करले भेट्यो भने पुलिसलाई उल्टै हप्काइदिन्छ' | ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरुको पदर्शनः सर्वोच्चको आदेश कार्यान्वयनको माग | ब्रिगटीस गोर्खा विदेशीका लागि लड्यो, तर अब नेपाल र आफ्नै लागि लड्छः विगेसो | अछाम घटना : फोनबाट प्रेम सम्बन्ध, पहिलो भेटमै वीभत्स हत्या | अखिल क्रान्तिकारीको जनजाति तर्फको उपाध्यक्षमा मुना थापा मगरको उम्मेदवारी | केन्द्रीय निर्वाचन आयोगको उपाध्यक्षमा सन्ध्या देवी पुन 'सपना'को उम्मेदवारी | बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला | माओवादीको सक्रियता सरकारमा जान हैन, कुलमानलाई चलाए ठिक हुन्नः महासचिव गुरुङ | बहुमतका दाङ जिल्ला सेक्रेटरी अमर खडका रिहा | त्रिपाठीमाथिको आक्रमण कानुनी राज्यकै उपहास : उप्रेती |

१२ पौष २०८१

प्रिय कमरेड
आज मार्क्सवादी आँखामा संशोधनवादी विषालु झार रोप्दा मार्क्सवादलाई अन्धो बनाउन खोजिरहे कमरेड
आज मार्क्सवादी पुस्तकहरुलाई दराजमा थन्काएर संशोधनवादी पुस्तकको चर्चा गरे
पछि श्रमिक जनताको मुक्तिको सपना देखाउन छाडे कमरेड
आज मार्क्सवादी बिश्वदृष्टिकोणमा पुँजीवादी दृष्टिकोण भरेपछि क्रान्तिकारी आन्दोलन उठाउन छाडे कमरेड
किन कि कमरेड
म मार्क्सवादी पुस्तक पढन छाडे कमरेड,
मार्क्सवादी शब्दमा लाएका धुलो पुछ्न छाडे कमरेड
मार्क्सवादी दृष्टिकोणलाई बुझन छाडे कमरेड
धर्मलाई मार्क्सवादी आँखाले हेर्न छाडे कमरेड
पार्टी,नेता र सहयोद्दालाई व्यक्तिगत स्वार्थ अनुकुल बनाउन खोजी रहिरहे कमरेड
सहयोद्दाको कमजोरी देखेर मनमनै खुशी भइरहे कमरेड
क्रान्तिकारी संस्कार,माया ,भावना र व्यवहार गर्न छाडे कमरेड
म आलोचना सुन्ने धैर्यता राख्न सकिन कमरेड
संगठनमा मेरा प्रशंशक र समर्थक मात्र खोजिरहे कमरेड
संगठनमा भएको आलोचनालाई द्वन्द्वात्मक ढंगले बुझ्न सकिन कमरेड
म अधिभुतवादी बन्न खोजे कमरेड
पुर्वाग्रहि र अराजक बन्न खोजे कमरेड
धैर्यता गर्न सकिन कमरेड
नेतृत्वको बिश्वास गर्न सक्दै सकिन कमरेड
आफू अनुकूल नेतृत्वलाई प्रभावमा पार्न खोजे कमरेड
आफ्नो स्वार्थमा नेतृत्वको दास बन्न र बनाउन तयार रहिरहे कमरेड
म स्वाधिन र क्रान्तिकारी बन्न सकिन कमरेड,
मेरा भेटघाट नेताकार्यकर्ता भित्र सिमित गरे कमरेड
जनतामा पुग्न सकिन कमरेड
जनताको समस्यालाई बुझ्न सकिन कमरेड
सहर छोडन सकिन कमरेड
सुविधा छोडन सकिन कमरेड
म क्रान्तिकारी दर्शन जनतामा पुर्याउन सकिन कमरेड
थाहा छ यसरी म क्रान्तीकारी बन्न सक्दिन कमरेड
यसरी म कम्युनिस्ट बन्न सक्दिन कमरेड
थाहा छ यसरी क्रान्ति पनि हुँदै हुँदैन नि कमरेड
त्यसो हुँदा म दृढतापुर्वक रुपान्तरण हुँदै छु कमरेड
म मार्क्सवादी बन्न खोज्दै छु कमरेड
मेरा खराबका विरुद्ध निरन्तर आफनै टाउकोमा आगो सल्काइ रहने छु कमरेड
क्रान्ति र मार्क्सवादको निशाना पहिलो आफैंलाई बनाइ रहने छु कमरेड
मार्क्सवादको आँखामा लाइएका संशोधनवादको विषालु झारलाई क्रान्तिकारी व्यवहारले गोडमेल गरिरहने छु कमरेड
मार्क्सवादलाई सगरमाथाको उचाईमा पुर्याउन निरन्तर पाइला अगाडी बढाइरहने छु कमरेड
हजुर तपाई नि कमरेड ?

प्रतिक्रिया

सम्बन्धित समाचार