लेटेस्ट न्यूज़
२४२ जना सवार जहाज अहमदाबादमा दुर्घटना | प्राविधिक र व्यावसायिक शिक्षाको विषयमा बहस कार्यक्रम हुने | माओवादी आक्रमणमा प्रहरी एसएसपीको मृत्यु, भारत बन्दको आह्वान | सिटिइभिटीका उपनिर्देशकलाई कालोमोसो दलेको आरोपमा गिरफ्तार २ विद्यार्थी नेता रिहा | बालुवाटारमा क्याविनेटको गम्भीर गफगाफ, निर्णय आउने सम्भावना | विप्लव समूहमा पहिरो : दर्जनभन्दा बढी नेता नेकपा (बहुमत) मा प्रवेश | जाजरकोटमा बहुमतको जनसंघर्ष अभियान, संसदीय व्यवस्थामाथि कडा प्रहार | टिआरसीको निष्क्रियताले शान्ति प्रक्रिया संकटमा: अधिवक्ता निरौला | जनयुद्धकालीन मुद्दा टिआरसीमै राख्नुपर्छ : अधिवक्ता एकराज भण्डारी | सरकारको प्रतिशोधी प्रवृत्ति लोकतन्त्रका लागि खतरा : देव गुरुङ |

प्रचण्डको फोटो इडिट गरेर भ्रम फैलाउने टाईगर बुटवलबाट पक्राउ

Nagarpati 2062+ समाचार ( )
१ श्रावण २०८०

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहालको फोटो इडिट गरी विभिन्न भारतीय कार्ड सामाजिक सञ्जालमा राखेर भ्रम फैलाएको आरोपमा बुटवलका एक युवक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले आइतबार उनलाई पक्राउ गरेको हो।

बुटवल देवीनगरबाट टाइगर रानामगर भनिने शेरबहादुर राना मगरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनले भारतीय आधार कार्ड, आयकर कार्ड, गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) को कार्डलगायतमा इडिट गरी प्रधानमन्त्री दाहालको फोटो र हस्ताक्षर राखी सामाजिक सञ्जालमा अपलोड गरेका थिए।

यसैगरी, प्रधानमन्त्रीपत्नी सीता दाहालको मृत्युलाई समेत असंवेदनशील तरिकाले प्रचार गरेको उनीमाथि आरोप छ। ब्युरोको टोलीले काठमाडौंबाट लोकेसन पत्ता लगाई इलाका प्रहरी कार्यालय बुटवलबाट दुई जना प्रहरीसहितको सहयोगमा रानालाई पक्राउ गरेको जनाईएको छ। रानालाई सोमबार काठमाडौं ल्याईएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार