काठमाडौं । बलत्कारको आरोपित एमाले नेता ऐन महरलाई कारबाहीको लागि पीडित रश्मिला धामीले प्रधानमन्त्री केपी ओलीसँग माग गरेकी छन् । धामीले बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी महरबाट आफू र आफ्नो परिवार असुरक्षित भएकोसमेत खुलासा गरेकी छन् ।
न्यायको खोजीमा लामो समयदेखि भौतारिरहेकी पीडित धामीलाई मंगलबार आमरण अनसन स्थलमा महरकी श्रीमति राजमति बम ‘रक्षा’को टोलीले प्रहरी सामु आक्रमण गरेपछि उनिहरुले न्ययको लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई न्याय तथा सुरक्षाको लागि धामीले सार्बजनिक अपिल गरेकी छन्
महर श्रीमती बमको टोलिले लछारपछार तथा कुटपीटि गरेको बताउँदै धामीले भनिन्,“म र अभियान्ता आरती रावल गिरीलाई प्रहरीकै अगाडी कुटपीट भयो, के हामीले सडकमा पनि धर्ना बस्न नपाईने हो ?” ‘एमाले पार्टीको खोल ओडेर, सत्ता र शक्तिको बलमा हामीलाई मार्ने षड्यन्त्र गरिरहेको छ बलत्कारी ऐन महरले ?’ धामीले थपिन् ।
एका तिर कतैबाट पनि न्याय नपाउने र अर्कोतिर सोही कारणले आफ्नो घरबार बिग्रिएको बताउँदै धामीले भनिन्,“सम्बन्ध विच्छेद गरिसकेको मेरो श्रीमान र घर परिवारलाई धम्काउने, हातहतियार देखाउने मात्रै हैन, मेरो नाबालक १० वर्षको छोरालाई समेत मानसिक यातना दिएको छ, अब म के गरुँ ?”
ऐन महरले पार्टी भित्रका कयौं महिलाहरुलाई यौन शोषण गर्दै आईरहेको आरोप लगाउँदै धामीले भनिन्,“ऐन महार यौन पीपासु, बलत्कारी हो, म एक प्रतिनिधी पात्र मात्रै हो, कति महिला घरबार बिग्रन्छ, कतिले करियर बिग्रन्छ भनेर चुप लागेर बसेका छन्, अब उसको अपराधको थैलि फुटेको छ ।”
उच्च अदलात पाटनमा विगत डेढ वर्षदेखि ऐन महर विरुद्धको जबरजस्तिकरणी मुद्धाको रिट प्रमादेश चलिरहेको छ । पीडित रश्मिला धामीले न्यायमा ढिलाई र निष्कर्षमा नपुगेको बताउँदै आफू आमरण अनसनमा बस्न बाध्य भएको बताएकी छन् । यस अघि धामीले न्याय नपाएको भन्दै आत्मदाह गर्ने प्रयास गरेका थिइन ।
त्यसै गरी अभियान्ता आरति रावल गिरीले आफूहरुलाई महर श्रीमति राजमति बम‘रक्षा’ले आक्रमण गरेको बताउँदै भनिन्,“अदालतले न्याय दिन्न, समाजले हाम्रो पीडा बुझ्दैन अनि सडकमा पनि हामीलाई अपराधीले छाड्दैनन्, अनि जाने कहाँ ?”
गिरीले नेपालमा ऐन महर जस्ता हरेक पार्टीमा रहेको र तिनीहरुलाई नेताहरुले नै संरक्षण गरेको आरोप लगाउँदै भनिन्,“ऐन महरले पार्टी गन्दा गर्दा पनि केपी ‘बा’हरु उनिहरुलाई संरक्षण गर्छन अनि देश बन्छ कसरी ? भएन त सानालाई ऐन, ठूलालाई चैन ।”