लेटेस्ट न्यूज़
विरेन्द्रनगरको कटकुवामा बस दुर्घटना : दुई जनाको मृत्यु | इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनामा निधन | राजनीतिक पुर्वाग्रह र षड्यन्त्रको सिकार बनाइयो : मिलन राई | सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैन : गृहमन्त्री | क्रान्तिकारीका केन्द्रीय संयोजक राई ७ दिन पछी रिहा | आफूलाई डेढ वर्ष प्रधानमन्त्रीमा कांग्रेसले अफर गरेको रवि लामिछानेको खुलासा | विद्यार्थी नेता नेत्र चापागाईको धर्नामा क्रान्तिकारीको एकेवद्धता | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारीलाई पितृ शोक | विद्यार्थी नेता राईको गिरफ्तारी विरुद्ध ११ वटा संगठनको विरोध | मेयर बालेन र नगर प्रहरी प्रमुख राजु पाण्डेविरुद्ध मुद्दा |

१७ असार २०८०

सदरमुकाम देखि उत्तरपट्टीका सुदुर गाउँहरूमा पस्न एउटा गतिलो उकालो चढेपछि विजयपुर डाँडो आइपुग्छ। गाउँहरू देखि मुकाम पस्नलाई अर्को पट्टीबाट त्यसैगरी उकालो चढ्नुपर्छ । एक हिसाबले विजयपुर डाँडोलाई गाउँ र सदरमुकामको सीमाना भनिदिए हुन्छ ।

मुकामदेखि गाउँ निक्लिनेहरू विजयपुरको नेटोमा आइपुग्दा ‘अब चाहिँ लागियो’ भन्ठान्छन् । त्यसैगरी गाउँबाट मुकाम जानेहरू डाँडोमा पुगेपछि ऊ त्यही त हो सदरमुकाम, मुन्टोले टेकेर नि पुगिन्छ भन्छन् । धेरैपछि एउटा सानो काम लिएर मलाई विजयपुरको त्यही बाटो भएर निक्लिनु परेको थियो । बिहानै सदरमुकामबाट खाना खाइवरी म आफ्नो कामको लागि भनेर त्यतै लागे ।

माओवादी विद्रोहका बेला त्यो डाँडादेखि उत्तरपट्टी जनसत्ता र दक्षिणपट्टी शाही सत्ता को प्रभाव मानिन्थ्यो । डाँडाको नाकमै रहेको पुरानो खण्डहर गेटले हालसम्म पनि सो कुराको दसी जुटाइरहेको आभाष मिल्थ्यो । घामपानी, हुरी बस आदिसँगको अविराम सङ्घर्षमा लड्दा लड्दै खुइलिएर मधुरो भएका ‘आधारइलाका तपाइहरूको हार्दिक स्वागत गर्दछ’ लेखिएको अझै घरी सजिलैसँग पढ्न सकिन्थ्यो । मैले मेरो क्यामेरा निकालें। ‘किलिक्क खिलक्क’ केही पोजहरू लिएँ । खण्डहर गेटको ।

विजयपुर डाँडाको नाकै मुनि एउटा चिया पसल छ। पसल बाटोमा वतजावत गर्नेहरूका लागि सञ्जिवनी नै रहेछ। जब उकालो चढेर संवेदनाले यति भारी भएँ कि बोल्ने कुनै शब्द ने थिएन मसँग ।

“सबै गाउँलेहरूले लडाईकै चपेटामा यसको चाबु मारियो । लडाइँकै बीचमा यसको जन्म भयो । यसको नाम युद्ध राखिदेओ चिहान माथिको फूल हो यो । यसैले तिम्रा आँसु पुछ्ने छ भने । त्यसैले यसको नामै युद्ध भयो ।” उनको अनुहार भावनाको गाढा रङले लपक्कै पोतियो । आँखाहरूमा पोखरी जमे। टाउको माथिको रूमाल कस्ने निहुमा त्यसैले आँखा छोपिन् ।

सायद उनी छोराले देख्नेगरी अब आँसु झार्न चाहन्नथिन् क्यारे । युद्ध विभिषिकाको एउटा अंश थियो त्यो । अझ भनौं सत्ता उन्मादको एउटा दानवीय उदाहरण थियो ।

दिदी, देशमा लोकतन्त्र स्थापित भएको छ । शान्तिप्रक्रिया चलिरहेको छ । राज्यले तपाईजस्ता हजारौं मान्छेहरूका आँसु पुछ्नु छ। नत्र लोकतन्त्रको अर्थ रहदैन नि!” मैले उनीप्रति सहानुभूति प्रकट गरे । उनले मेरा भनाइप्रति न सहमतिको भाव देखाइन् न असहमतिको नै मैलै अनुमान गरे खै अहिलेसम्म केही भएन अब कहिले भन्ने उनको मनले ठानिरहेको होला ।

मैले घडी हेरे। चार बजिसकेको थियो । दुई घण्टाको समय दुई मिनेट जस्तो लाग्यो । मलाई जानु टाढै थियो । पीडाको सागर जस्तो उनको जिन्दगी जति पोखे पनि नरित्तिने जस्तो थियो । मलाई समयले च्याप्दै थियो। त्यसैले, म विदा हुने मुडमा उभिएँ। नमस्कार गरे । उनले पनि नमस्ते फर्काइन् ।

भाञ्ज बाबु, ज्ञानी भए । ठूलो भएर आमाका आँसु पुछ्न सके। मैले युद्धलाई काखमा उचाले । ऊ खुसी भयो । दुबै आमा छोरालाई बाईबाई गर्दै म विजयपुरको डाँडोबाट ओरालो झरें। छेल नपर्दासम्म, भर्खरै नाता जोडिएको मेरो प्यारो भाञ्ज 'युद्ध’ले हात हल्लाइरहेको थियो । आउदो समयले के यी दिदीका आँसु पुछ्न सक्ला ? एउटा अनुत्तरित प्रश्नले आजसम्म पनि मलाई थिचिरहेको छ ।

‘झुरझुरे’ भिडन्तकाे विम्बमा लेखिएकाे ‘चिहानको फुल’ कथा उदय बहादुर चलाउने ‘दिपक’ द्धारा लिखित ‘समरयात्रा’बाट साभार – सम्पादक ।

प्रतिक्रिया

सम्बन्धित समाचार