लेटेस्ट न्यूज़
एकल महिलाको सम्पत्तिमा सत्ता संरक्षित डकैती ! | प्रचण्डमाथि प्रहार : प्रचार, भ्रम र वास्तविकताको दोधार | एपेक्स स्कुलमा विद्यार्थीमाथि निर्घात कुटपिट, दोषीमाथि कारबाहीको माग | निर्वाचनको बदला ‘जाहेरी’: विद्यार्थी आन्दोलनमाथि हमला | भ्रष्टचारको मुल नै वर्तमान राजनीतिक व्यवस्था हो : कञ्चन | ‘चप्पल पट्काएर’ सत्तामा पुगेकाहरूको पोल खोल्दै युवा संगठन | आरआर क्याम्पसमा स्ववियु प्रकरणले लियो कानुनी मोड | चार वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाउन माग | कम्युनिस्ट युवा संगठनले भोलि पत्रकार सम्मेलन गर्दै | निजी विद्यालयको मनपरीविरुद्ध अखिल (क्रान्तिकारी) बाँकेको कडा चेतावनी |

सिन्धुलीको एनसेलको टावरमा बम विस्फोट

Nagarpati 2020+ समाचार ( )
भेटियो जनमुक्ति सेनाको पर्चा
२९ चैत्र २०८०

काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिकास्थित एनसेलको टावरमा बम विस्फोट गराइएको छ। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी चिरञ्जिवी दाहालका अनुसार गएराति साढे १ बजे कमलामाई नगरपालिका–४ स्थित एनसेलको टावरमा कुकर बम विस्फोट गराइएको हो। 

‘बम विस्फोटबाट टावरका विद्युतीय तारलगायतमा सामान्य क्षति पुगेको छ’, डीएसपी दाहालले भने, ‘वैकल्पिक उपायबाट मोबाइल सेवा अवरुद्ध भने हुन दिइएको छैन।’

डीएसपी दाहालका अनुसार घटनास्थलमा जनमुक्ति सेनाको पर्चा भेटिएको छ। ‘पर्चामा सुप्रिम कमान्डर परिवर्तन भन्नेले हस्ताक्षर गरेका छन्। त्यसमा एनसेलले ठगी गरेको आरोप लगाइएको छ’, उनले भने। 

तर उक्त संगठन कुन पार्टी सम्बद्ध हो भन्ने थाहा नभएको उनले बताए। 

एनसेलको उक्त टावर नजिकै घर भएका मानिसले राति खबर गरेपछि प्रहरीले घटनास्थल पुगेको थियो। तर विस्फोट गराउने व्यक्ति अहिलेसम्म पहिचान हुन सकेको छैन।‘हामी खोजी गरिरहेका छौँ , डीएसपी दाहालले भने

प्रतिक्रिया

सम्बन्धित समाचार