लेटेस्ट न्यूज़
२४२ जना सवार जहाज अहमदाबादमा दुर्घटना | प्राविधिक र व्यावसायिक शिक्षाको विषयमा बहस कार्यक्रम हुने | माओवादी आक्रमणमा प्रहरी एसएसपीको मृत्यु, भारत बन्दको आह्वान | सिटिइभिटीका उपनिर्देशकलाई कालोमोसो दलेको आरोपमा गिरफ्तार २ विद्यार्थी नेता रिहा | बालुवाटारमा क्याविनेटको गम्भीर गफगाफ, निर्णय आउने सम्भावना | विप्लव समूहमा पहिरो : दर्जनभन्दा बढी नेता नेकपा (बहुमत) मा प्रवेश | जाजरकोटमा बहुमतको जनसंघर्ष अभियान, संसदीय व्यवस्थामाथि कडा प्रहार | टिआरसीको निष्क्रियताले शान्ति प्रक्रिया संकटमा: अधिवक्ता निरौला | जनयुद्धकालीन मुद्दा टिआरसीमै राख्नुपर्छ : अधिवक्ता एकराज भण्डारी | सरकारको प्रतिशोधी प्रवृत्ति लोकतन्त्रका लागि खतरा : देव गुरुङ |

यसकारण १९ भारतीय कम्पनी माथि अमेरिकाको प्रतिबन्ध

Nagarpati 2062+ समाचार ( )
१७ कार्तिक २०८१

काठमाडौं । अमेरिकाले भारतका १९ कम्पनीहरूलाई रूसमा हतियारसहित अन्य सामान आपूर्ति गरेको आरोपमा प्रतिबन्ध लगाएको छ । यी कम्पनीहरूले २०२२ को फ्रेब्रुअरीमा युक्रेनमा रूसको हमलापछि रूसलाई हतियार लगायतका सामान आपूर्ति गरिरहेको अमेरिकाको आरोप छ ।

भारतका १९ कम्पनीसँगै रूस, चीन, मलेसिया, थाइल्याण्ड, टर्की र यूएई जस्ता दर्जनौं देशका ३९८ कम्पनीलाई पनि अमेरिकाले प्रतिबन्ध लगाएको हो । अमेरिकाको प्रतिबन्ध व्यहोर्नेमा धेरैजसो इलेक्ट्रोनिक सामान आपूर्ति गर्ने संस्था रहेका छन् भने केही विमान र अन्य मेसिनका पाटपूर्वा आपूर्ति गर्ने कम्पनी रहेका छन् ।

क्यानडासँग सम्बन्ध चिसिएको बेला अमेरिकाले भारतीय कम्पनी र दुई नागरिकलाई पनि प्रतिबन्ध लगाएको हो ।  अमेरिकाले एक विज्ञप्ति जारी गर्दै आफ्नो स्टेट डिपार्टमेन्ट, ट्रेजरी डिपार्टमेन्ट र कमर्स डिपार्टमेन्टले यी व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध लगाएको जनाएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार यस्ता प्रतिबन्ध व्यहोरेका कम्पनीहरूलाई स्विफ्ट बैंकिङ प्रणालीमा ब्ल्याकलिस्टमा राखिन्छ । यो प्रतिबन्धपछि रूसविरुद्ध रहेका देशहरूमा ती कम्पनीहरूले कारोबार गर्न सक्दैनन् । साथै, ती देशमा प्रतिबन्धमा परेका कम्पनीहरूको सम्पत्ति बेचबिखनमा पनि रोक्का हुनसक्छ ।

अमेरिकाले नोभेम्बर २०२३ मा पनि भारतीय एक कम्पनीलाई रुसी सेनाको मद्दत गरेको भन्दै प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार