बागमतीमा कालो चरो

१७ मंगशिर २०७९
चील जस्तै चरो बस्तीमा पस्छ
सबैतिर भागाभाग मच्चिन्छ ।
विदेशी झैं लाग्ने चरो नेपाली भाषामा भन्छ
मान्छेको छुट्टाछुट्टै पृथ्वी हुन्छ
लालपुर्जा नहुनेले बस्ने ठाउँ पाउँदैन
जमिन जिन्दावाद! देश जिन्दावाद! भन्न पाउँदैन
चरोलाई मानवता के थाहा ?
आफ्नो मालिकलाई सम्झँदै अघि बढ्छ
सपनालाई भत्काउन ठूलो डोजर चढेर आउछ
आफ्नो पखेटा फैलाएर उ मान्छेका गर्धन हेर्छ
पछिपछि हिँडेका साँढेहरू छोड्छ
मान्छेको शान्ति माथि हमला गर्छ ।
आँगनमा तारा-जुन गनेर बस्ने बाबुनानीहरू
तर्सिन्छन् चराको खुंखार आँखा देखेर
विश्वासको मत दिएको तर अहिले पश्चतापले
जुटिरहेका छन् युवाहरु रगत उमालेर
किनभने चरोले
धेरै मान्छेका टाउको ठुङ्यो ।
धेरैको बाँस भत्काइदियो
सबैको आशा च्यातिदियो
सबै तहस-नहस बनाउँदै
विश्वासलाई चित्कारमा बदलिदियो ।
किनभने वस्तीको ठूलो चित्कारले
उसलाई मिठो निन्द्रा लाग्छ
संगसंगै, माया र घृणाको सन्देश
संघर्ष र प्रतिरोधको सन्देश
रगत र पानीको फरक गन्न जान्नुपर्ने
अपिल गरिरहेको छ वाग्मतीको किनारले
अबको विकल्प:
कि चरालाई न्याय दे ।
कि बागमतीको दुखलाई न्याय दे ।
प्रतिक्रिया
ताजा समाचार

एकल महिलाको सम्पत्तिमा सत्ता संरक्षित डकैती !
२९ वैशाख २०८२

प्रचण्डमाथि प्रहार : प्रचार, भ्रम र वास्तविकताको दोधार
२७ वैशाख २०८२

एपेक्स स्कुलमा विद्यार्थीमाथि निर्घात कुटपिट, दोषीमाथि कारबाहीको माग
२६ वैशाख २०८२

निर्वाचनको बदला ‘जाहेरी’: विद्यार्थी आन्दोलनमाथि हमला
२६ वैशाख २०८२

भ्रष्टचारको मुल नै वर्तमान राजनीतिक व्यवस्था हो : कञ्चन
२४ वैशाख २०८२
‘चप्पल पट्काएर’ सत्तामा पुगेकाहरूको पोल खोल्दै युवा संगठन
२३ वैशाख २०८२