धार्मिक पर्यटकको आकर्षणमा शालिग्राम सङ्ग्रहालय

Nagarpati 1788+ समाचार ( )
१६ मंगशिर २०८०

ढोरपाटन (बागलुङ) । एक दशकअगाडि सम्म बागलुङ नगरपालिका–४ कुँडुले फेदी सुनसान थियो । बागलुङबजार नजिकै रहेर पनि विकासका हिसाबले पछाडि परेको थियो । तर अहिले पूर्वाधार विकाससँगै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको छ ।

तीन वर्षयता यहाँ आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भीडभाड हुने गरेको छ । सुरुङ निर्माण गरी सङ्ग्रह गरेको सवा लाख शालिग्राम र रङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिरको दर्शनका लागि आन्तरिकसँगै भारतीय पर्यटक आउने गरेका छन् ।

मानवनिर्मित मन्दिर तथा शालिग्राम सङ्ग्रहालयले धार्मिक पर्यटकलाई आकर्षित गरेको छ । बागलुङ कालिका मुस्ताङको मुक्तिनाथ आउने हजारौँ पर्यटक अहिले सङ्ग्रहालयमा पुग्न थालेका छन् ।

धार्मिक महत्त्वका संरचनाको प्रचारप्रसारसँगै यहाँ आउने पर्यटको सङ्ख्या हरेक वर्ष बढ्दो छ । सुरुङभित्र कालीगण्डकीको शिर दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको आकृति एकै ठाउँमा बनाइएको छ । जसले धेरैलाई आकर्षित गर्ने गर्छ । अझ बढी त शालिग्राम वरपर बनेका मन्दिर र त्यहाँ बनेका अनेक प्रकारका आकृतिले लोभ्याउने गर्छ ।

बागलुङ–बेनी सडक खण्डको केही माथिपट्टि रहेको सङ्ग्रहालय बागलुङ बजारदेखि करिब तीन किलोमिटर पश्चिममा पर्छ । पैदल यात्रामार्फत १५ मिनेट र गाडीमा पाँच मिनेटमा पुग्न सकिन्छ । मन्दिर, सङ्ग्रहालयलगायत संरचना निर्माण गर्ला १० करोड बढी लगानी भएको छ । चाडपर्व र बिदाको बेलामा अझ बढी पर्यटक आउने गरेका छन् ।

खासगरी दक्षिण भारतका पर्यटक बढी आउने गरेको शालिग्राम सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यले बताए । हरेक वर्ष यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ ।

अघिल्लो आर्थिक वर्षमा एक लाखभन्दा बढी पर्यटकले शालिग्रामको अवलोकन गरेका थिए भने चालु आर्थिक वर्षको हालसम्म २५ हजारभन्दा बढी पर्यटक यहाँ आउने ऋषि प्रपन्नचार्य बताउँछन् । धर्मप्रति बढी आस्था राख्ने पर्यटक शालिग्रामको दर्शन गर्न आउने उहाँको भनाइ छ । तीव्र प्रचारप्रसारको कारण पर्यटक आउने क्रम बढेको प्रपन्नचार्यको भनाइ छ ।

‘परारभन्दा पोहोर धेरै पर्यटक आउनुभयो, पोहोरभन्दा यस वर्षभन्दा बढी आउने सम्भावना देखिएको छ, साउनदेखि यता २५ हजारभन्दा बढी पर्यटकले यहाँको अवलोकन गर्नुभएको छ, मुक्तिनाथ, कालीगण्डकी र बागलुङ कालिकाको सेरोफेरोमा शालिग्राम सङ्ग्रहालय रहेको हुँदा आगन्तुकलाई पायक पर्ने गरेको छ’, ऋषि प्रपन्नचार्यले भने ।

भारतबाट दर्शनका लागि आएका मुक्तिदेव हरिदासले शालिग्रामको दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने हुँदा चार दिन लगाएर यहाँ आएको बताए । मुक्तिनाथ पुग्ने मुख्य सडकमै शालिग्रामको दर्शन गर्न पाउँदा खुशी लागेको उनी बताउँछन् । हरिदासले अहिलेसम्म आफूले एउटा पनि शालिग्राम दर्शन गर्न नपाएको सुनाउँदै एकै पटक सवा लाख देख्दा दङ्ग परेको बताए । सङ्ग्रहालयभित्र बनाइएको आकृति अझ बढी उकृष्ट लागेको उनी बताउँछन् ।

हरिदासले भने, ‘संसारमा कतै पनि एकै ठाउँमा यति धेरै शालिग्राम पाइँदैन होला, हाम्रो मुख्य गन्तव्य मुक्तिनाथ थियो, पोखरा आउने बेला यहाँको बारेमा सुन्यौँ र मुक्तिनाथभन्दा पहिला शालिग्रामको दर्शन गर्न आयौँ, हाम्रो २६ जनाको टोली छ, गाडीमै सिधै आउन सकिने रहेछ, तल कालिका मन्दिर, माथि पञ्चकोट र यहाँ शालिग्राम कस्तो रमाइलो रहेछ, एकै ठाउँमा आउँदा धेरैको दर्शन गर्न पायौँ, फेरि अर्को पटक पनि आउने छौँ ।’

शालिग्रामवरपर रङ्गविङ्कटेश्वर मुक्तिनारायण मन्दिरसहित मुक्तिनाथ वेद विद्याश्रम पाठशालासमेत सञ्चालनमा छ । धार्मिक यात्रीले यहाँ आएर सबै क्षेत्रको अध्ययन र दर्शनसमेत गर्न पाउँछन् । पछिल्लो समय पशुपति, जनकपुर, लुम्बिनी र मुक्तिनाथको यात्रामा आउने धेरै भक्तजन र पर्यटकले शालिग्राम सङ्ग्रहालयलाई प्राथमिकतामा राखेका छन् । पर्यटन विकास समिति बागलुङका अध्यक्ष एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले यहाँका बारेमा सञ्चारमाध्यम र समाजिक सञ्जालमार्फत प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताए ।

धार्मिक पर्यटकलाई लक्षित गरी सूचना बोर्डहरु राख्ने, पर्यटक सहायता कक्षा स्थापना गर्नका लागि पर्यटन विकास समितिले तयारी थालेको अध्यक्ष खड्का बताउँछन् । ‘हामीसँग स्रोत साधान निकै कम हुन्छ, एक्लै गर्न सकिँदैन, यद्यपि क्षमताले भ्याएसम्म पर्यटन प्रवद्र्धनका लागि जुटिराखेका छौँ, पर्यटन बोर्डसँग पनि सहकार्य गर्नेछौँ’, उनले भने । रासस

प्रतिक्रिया

GichardSwisa १ असार २०८१, शुक्रबार

Thank you for sharing your thoughts. I really appreciate your efforts and I will be waiting for your further post thanks once again. Rio Bet Casino

Shanesam ३१ वैशाख २०८१, सोमबार

I enjoy, cause I found just what I used to be having a look for. You've ended my 4 day long hunt! God Bless you man. Have a nice day. Bye leebet casino

Harrywek १५ वैशाख २०८१, शनिबार

whoah this blog is fantastic i like studying your posts. Stay up the good work! You recognize, a lot of individuals are hunting round for this info, you could help them greatly. https://englishmax.ru/

Dichaelpoubs ११ वैशाख २०८१, मङ्गलबार

Excellent article. Keep writing such kind of info on your site. Im really impressed by it. Hey there, You've done a fantastic job. I'll definitely digg it and in my opinion recommend to my friends. I am confident they will be benefited from this website. г.Москва и Подмосковье http://livetaiga.ru/Newsmake/2021/08/07/gorodskoy-portal-belgoroda-vbelgorodecom-pohvalil-sayt-russkiy-park-za-landshaftnyy-dizayn.html ландшафтный дизайн г.Москва. Россия.

OLanesam २९ चैत्र २०८०, बिहीबार

Тумба с раковиной Dolce

SShanesam १४ चैत्र २०८०, बुधवार

Aviator Spribe казино играть с умом Добро пожаловать в захватывающий мир авиаторов! Aviator – это увлекательная игра, которая позволит вам окунуться в атмосферу боевых действий на небе. Необычные графика и захватывающий сюжет сделают ваше путешествие по воздуху неповторимым. Aviator Spribe играть с бонусом

LewisPaulp ९ चैत्र २०८०, शुक्रबार

Standard Price for VIP- membership for 1 Week VIP Membership is 0.0014 BTC, You will do send payment to BTC address 1KEY1iKrdLQCUMFMeK4FEZXiedDris7uGd Discounted price may be different from 0.00075 to 0.00138 BTC, that is why follow to all announces published in our Public channel! crypto pump Binance

SLhanesam ६ चैत्र २०८०, मङ्गलबार

Наша компания предлагает полный спектр услуг по ремонту и отделке Квартир, коттеджей и домов под ключ в Алматы. Мы берем на себя все этапы работы, начиная с разработки дизайн-проекта и заканчивая финальной отделкой и установкой мебели. В нашем пакете услуг входит: Ремонт Квартиры под ключ в Алматы

FobertThoug ५ चैत्र २०८०, सोमबार

The other day, while I was at work, my sister stole my apple ipad and tested to see if it can survive a thirty foot drop, just so she can be a youtube sensation. My iPad is now broken and she has 83 views. I know this is completely off topic but I had to share it with someone! https://lpgtech.ua/ballony-propan

Lhanesam २ चैत्र २०८०, शुक्रबार

Tremendous things here. I am very satisfied to see your article. Thank you a lot and I'm looking ahead to contact you. Will you kindly drop me a e-mail? http://www.google.dz/url?q=https://didvirtualnumbers.com/de/