२९ जेठ २०८०

ए महोदय

शून्यता छाएको जस्तो देखिने 

यो मौनता 

मुर्दा मौनता होइन,

यो त 

सुर्योदय हुनेबेला 

उषाकिरणको लालीमा हो

अर्थात 

बाच्न उर्जा दिनेसक्ने 

मौनता हो !


स्थिर जस्तो 

देखिने यो मौनता,

वर्षो देखि अनवरत 

निरन्तर दबाब खेप्दै

सहनशक्ती क्षीण भएर 

तिमिले टेकेको जमिनमुनि नै 

पडकिन सक्ने 

विष्फोटक ज्वालामुखी जस्तै हो 

यो मौनता !


हलचल विहिन 

कुनै तलाउको

ठहराव जस्तो होइन 

यो मौनता,

यो त 

शान्त समुद्रमा 

अत्यास लाग्दो आँधी

ल्याउन सक्ने 

मौनता हो !


सन्नाटा छाएको

जस्तो अनुभुती हुने 

यो मौनता,

उजाड मरुभूमिमा

हुरि ल्याउने सक्ने मौनता हो !

निभिसकेको आगो

ताप बिनाको 

खरानीको थुप्रो जस्तो लाग्ने

 यो मौनता,

खरानी भित्र लुकेका 

फिलिङ्गाहरुबाट 

अर्को भर्भराउदो आगो ओकल्न सक्ने 

मौनता हो !


बर्वाद बाट आवाद

कैद बाट आजाद

उजाड बाट उर्वर हुनलाई

 संघर्ष गर्नसक्ने 

विद्रोही मौनता हो !

खासमा नि 

यो मौनता 

आँधी आउनु अघिको सन्नाटा हो !! 

प्रतिक्रिया