Latin भाषाको Directus शब्दबाट बनेको "ड्रेस (Dress)" को नेपाली अर्थ "पोशाक" भन्ने हुन्छ । सामान्य अर्थमा पोशाक भन्नाले कुनै पनि ब्यक्तिले पहिरिने वा लगाउने लुगा हो । यो औपचारिक तथा अनौपचारिक दुबै हुन सक्छ ।
युनिफर्म (Uniform)
हाम्रो समाजमा ड्रेस र युनिफर्म समानार्थी को रुपमा प्रयोग गरेको पनि पाईन्छ । केही हद सम्म त्यो हो पनि तर आन्तर्यमा हेर्दा केही भिन्नता छ । हामिले लगाउने जुन सुकै कपडा ड्रेस हो । तर कुनै पनि सस्था जहाँ हामी सम्बन्धी छौँ र उक्त सस्थाले तोकेको कपडा युनिफर्म हो । स्कुलको ड्रेस अनि आउट ड्रेस भन्ने हामी सबैले सुनेको छौँ र भन्ने पनि गरेका पक्कै छौँ होला ।
युनिफर्म किन चाहिन्छ ?
कुनै पनि सस्था एकजनाले मात्र चल्दैन । सस्थामा जोडिने व्यक्तिहरु विभिन्न पृष्ठभुमि बाट आएका हुन्छन् । धार्मिक, सामाजिक, आर्थिक, लैङ्गिक ... आदि इत्यादी । यसरी विभिन्न परिबेशका ब्यक्तिहरुबिच समानता होस भनेर युनिफर्म चाहिन्छ । यसो भनिरहदा समानता किन चाहियो भन्ने पनि लाग्न सक्छ ? तर प्रत्येक ब्यक्तिहरुको आ- आफ्नै खालको आचरण हुन्छ ।
आखाले देखिने फरक हुँदा माथि उल्लेखित विविधतालाइ कारक बनाएर नै आपसी भिन्नता सिर्जना हुन्छ जसले मानिसमा प्रत्यक्ष तथा अप्रत्यक्ष नकारात्मक मानसिक दवाब पर्न जान्छ । जस्तो एउटा वुद्यालयमा पढ्ने विद्य्यार्थिहरुमा विभिन्न प्रकारका हुन्छन । आर्थिक हैसियत अनुसार हामिले लगाउने ड्रेस फरक फरक हुन पनि सक्छ , त्यस्तो हुँदा तुलनात्मक रुपमा एक भन्दा अर्कोको भिन्न ड्रेस हुन्छ , यसरी भिन्न ड्रेस भएकै कारण राम्रो हुनेले नराम्रो हुनेलाइ गिज्याउन सक्छन र नहुने स्वयम् पनि आफै मानसिक दवावमा हुन सक्छ । यस्ता भिन्नता धेरै हुन्छन त्यसैलाइ समान बनाउन पनि युनिफर्म आवश्यक हुन्छ ।
भिन्नताहरुलाई समान देखाउनुको साथै युनिफर्मले निम्न कुरामा पनि महत्व राख्दछ ।
• आत्मविश्वास वृद्दी गर्दछ ।
• सुरक्षा प्रदान गर्दछ ।
• आकर्षक बनाउछ ।
• पहिचान र परिचय दिन्छ ।
• अनुशासित बनाउछ ।
• अपनत्व प्रदान गर्दछ ।
महत्वहरु धेरै छन, त्यसबारे फेरि चर्चा गरौंला । हामी यहाँ मुख्यतया ड्रेस र युनिफर्मको चर्चा गर्दैछौं ।
के कुनै सस्थाले प्रयोग गर्ने बित्तिकै त्यो युनिफर्म हुन्छ त ?
संस्थागत प्रयोगलाई मात्र युनिफर्म भन्न पनि सकिन्न, यस्तो भनियो भने युनिफर्म हुनको लागि कपडाको रङ्ग मात्र मिले पुग्छ । तर युनिफर्म हुनको लागि डिजाइन पनि एउटै हुन जरुरी छ । हामिले माथी पनि भनेका छौँ कि रुप र चरित्रमा अपरिवर्तित । भनेको अर्थ हेर्दा रङ्ग मात्र हैन डिजाइन पनि दुरुस्त हुनु पर्छ ।
नेपालिमा भनिन्छ नि "नानी देखि लागेको बानी, कहिले नजानी" त्यसैले हामिले युनिफर्मको कुरामा बच्चादेखी नै बानी बसाउन नितान्त जरुरी छ । अनुशाषित ब्यक्ती मात्र साचो अर्थमा सफल हुन्छ । युनिफर्म आफैमा अनुशासन हो ।युनिफर्मलाइ इज्जत गर्न जानेको ब्यक्ती अनुशासित नहुने हुन सक्दैन।
हाम्रो सामान्य चेतनाले भन्छ "युनिफर्म त हो जस्तो भए पनि हुन्छ" तर हामी यो बुझ्दैनौ कि त्यही युनिफर्म सङै हामी हाम्रो सन्तानको भविष्य निर्माण गर्दैछौँ । गुणस्तरिय वस्तु बनाएर मात्र हुदैन त्यसको सुन्दर प्याकेजिङ गर्न पनि जान्नु पर्दछ ।
प्रमाणपत्रमा राम्रो अङ्क लेखाउन सफल विद्यार्थी पनि युनिफर्मको सहि छनौट गर्न नजान्दा असफल भएका धेरै उदाहरण पाउन सकिन्छ । त्यसको कारण हो तपाईं हामिले भन्ने गरेको कथन "ड्रेस त हो चलिहाल्छ" ।
मैले धेरै त्यस्ता मानिसहरु भेटेको छु जसले डीग्री राम्रो बोकेको हुन्छ तर कोट र टाइको प्रयोग गर्न जानेकै हुदैन । यो भन्दा रिस उठ्ला तर त्यो रिस त्यतिबेला मर्छ जतिबेला आफुले लगाएको ड्रेसमा आफू असहज भएर आफ्नो शत प्रतिशत दिन नसकेर असफल बनिन्छ ।
युनिफर्म तथा ड्रेस आजको दिनमा मानव जिवनमा सफलताको सुत्र जस्तै हो । हरेक व्यक्तिको मुल्याङ्कन उसले लगाउने ड्रेसबाट हुने गर्दछ । सहि स्थानमा सहि ड्रेस तथा युनिफर्मको छनौट नहुदा असफल मात्र हैन, मानसिक दबाब पनि खेप्नु पर्ने हुन्छ ।
लेखक सुट बजारका सन्चालक तथा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, दाङको सचिव हुनुहुन्छ ।