विरेन्द्रनगरको कटकुवामा बस दुर्घटना : दुई जनाको मृत्यु

Nagarpati 1788+ समाचार ( )
७ जेठ २०८१

सुर्खेत । दैलेखको दुल्लु नगरपालिकादेखि वीरेन्द्रनगरतर्फ आउँदै गरेको बससुर्खेतको वीरेन्द्रनगर स्थित उत्तरी क्षेत्रमा पर्ने कटकुवा क्षेत्रमा दुर्घटनामा भएको छ । केहीबेर अघि कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

यस्तै बाँकी बसमा सवारहरू घाइते भएको र उनीहरूको उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

‘बसमा १५ जना भन्दा बढी भएको अनुमान भइरहेको छ, हामी घाइतेलाई उद्धार गर्दै अस्पताल पुर्‍याइरहेका छौँ,’उनले भने, ‘मृतकको पहिचान खुलेको छैन भने घाइतेहरूको विवरण सङ्कलन भइसकेको छैन ।’ 

घाइतेहरूलाई प्रदेश उद्धार गर्दै प्रदेश अस्पताल पठाउने काम भइरहेको छ ।

प्रतिक्रिया