लेटेस्ट न्यूज़
एकल महिलाको सम्पत्तिमा सत्ता संरक्षित डकैती ! | प्रचण्डमाथि प्रहार : प्रचार, भ्रम र वास्तविकताको दोधार | एपेक्स स्कुलमा विद्यार्थीमाथि निर्घात कुटपिट, दोषीमाथि कारबाहीको माग | निर्वाचनको बदला ‘जाहेरी’: विद्यार्थी आन्दोलनमाथि हमला | भ्रष्टचारको मुल नै वर्तमान राजनीतिक व्यवस्था हो : कञ्चन | ‘चप्पल पट्काएर’ सत्तामा पुगेकाहरूको पोल खोल्दै युवा संगठन | आरआर क्याम्पसमा स्ववियु प्रकरणले लियो कानुनी मोड | चार वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाउन माग | कम्युनिस्ट युवा संगठनले भोलि पत्रकार सम्मेलन गर्दै | निजी विद्यालयको मनपरीविरुद्ध अखिल (क्रान्तिकारी) बाँकेको कडा चेतावनी |

भ्रष्टचारको मुल नै वर्तमान राजनीतिक व्यवस्था हो : कञ्चन

Nagarpati 2020+ समाचार ( )
भ्रष्ट व्यवस्था हटाउनु नै भ्रष्टाचारको अन्त्य हो
२४ वैशाख २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला 'कञ्चन'ले मंगलबार स्पेस फोके टेलिभिजनको बहसात्मक कार्यक्रम स्पेस संवाद मा अन्तर्वार्ता दिंदै भ्रष्टाचारको वास्तविक कारणको रूपमा वर्तमान राजनीतिक व्यवस्था प्रकट गरेका छन्। उनले भने, “भ्रष्टाचार केवल केही व्यक्तिहरूको कार्य होइन, यो व्यवस्था र संरचनामा गहिरो रूपमा बसेको रोग हो।”

कञ्चनका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक अंगहरूलाई भ्रष्टाचार नियन्त्रणका लागि स्थापित गरिएको भए पनि ती संस्थाहरू केवल भ्रष्टाचारलाई छोप्न र सामसङ्ग पार्नको लागि कार्यरत छन्। उनले भने, “अख्तियारको वास्तविक उद्देश्य भनेको भ्रष्टचारीलाई नलढाएर, भ्रष्टाचारलाई ढाकछोप गर्नु हो। यसले व्यवस्थाका संरचनात्मक समस्यालाई ध्यानमा राख्दैन।”

महासचिव कञ्चनले वर्तमान व्यवस्था र यसको संस्थागत संरचनालाई पनि कडा आलोचना गरे। उनले स्पष्ट पारे, “यो दलाल संसदीय पुँजीवादी व्यवस्था भ्रष्टचारी व्यवस्था हो। यो व्यवस्था जति पनि राम्रो नेतृत्व ल्याओस्, चाहे त्यो चाहेर होस् या नचाहेर, अन्ततः ती सबै नेता भ्रष्टचारी नै बन्न बाध्य हुनेछन्। यस व्यवस्था भित्रको संरचना नै यस्तो छ कि नेता वा कर्मचारीले चाहे पनि त्यसमाथि नियन्त्रण गर्न असम्भव हुन्छ।”

उनले जनतालाई अब नारामा मात्र होइन, वास्तविक विकल्पका साथ संघर्षमा उत्रन आह्वान गर्दै वैज्ञानिक समाजवादको बाटोलाई मात्र भ्रष्टाचारको अन्त्यको सम्भावना भने। कञ्चनले भने, “संविधान, आयोग र सरकारी संस्थाहरू जनताको पक्षमा काम गर्नका लागि बनाइएका छैनन्। यी सबै संस्थाहरू सत्ता र पूँजीको संरक्षण गर्ने उपकरण मात्र बनेका छन्। यसलाई बदल्नका लागि सिङ्गो व्यवस्था नै बदल्नुपर्छ।”

कञ्चनले थपे, “भ्रष्टचारको वास्तविक जड वर्तमान राजनीतिक व्यवस्था हो। यो व्यवस्था न परिवर्तन भएको खण्डमा कुनै पनि नेतृत्वले भ्रष्टाचारलाई समाप्त गर्न सक्दैन। जसले यस व्यवस्था भित्रै रहँदा भ्रष्टाचारको अन्त्य गर्ने कुरा गर्छ, त्यो आफैं झुटो बोल्दैछ।”

उनले जनतालाई सशक्त आन्दोलन र संघर्षमा संलग्न भई भ्रष्ट व्यवस्था उल्ट्याउन आह्वान गरे। “यो व्यवस्था भ्रष्टाचारको संरक्षण गर्दै आएको छ र यसको अन्त्य बिना भ्रष्टाचारको कल्पना गर्न सकिँदैन। भ्रष्टाचारको वास्तविक अन्त्यको लागि यस व्यवस्थाको अन्त्य गर्नु पर्नेछ,” कञ्चनले जोड दिए।

कञ्चनले पार्टीको आगामी योजनाबारे पनि छलफल गर्दै भने, “हामी समाजवादी, क्रान्तिकारी विकल्पलाई अघि बढाउनेछौं र यो लक्ष्य प्राप्तिका लागि संघर्ष जारी राख्नेछौं। यदि हामी भ्रष्टाचारको अन्त्य चाहन्छौं भने, हामीले यो व्यवस्थालाई उखेल्नुपर्नेछ।"

उनले पार्टीको रणनीतिक दृष्टिकोणको बारेमा भने, “हाम्रो उद्देश्य एक नयाँ र वैज्ञानिक समाजवादी सत्ताको स्थापना हो, जसले जनताको हकमा काम गर्छ र भ्रष्टाचारको जडलाई सिध्याउँछ। यो संघर्ष अनवरत जारी रहनेछ र सधैँ जनताको पक्षमा हुनेछ।”

प्रतिक्रिया

सम्बन्धित समाचार