विद्यार्थी नेता नेत्र चापागाईको धर्नामा क्रान्तिकारीको एकेवद्धता

Nagarpati 1788+ समाचार ( )
५ जेठ २०८१

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अनेरास्ववियू (क्रान्तिकारी) ले प्रारम्भिक बालविकास शिक्षा (इसिडी) सुधारको लागी माइतिघर मण्डलामा उभएर एकल धर्ना दिइरहेका समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईको आन्दोलनमा एकेवद्धता जनाएको छ ।

संगठनका सह-संयोजकद्धय पेशल दाहाल र विरेन्द्र शाह, सचिवालय सदस्य नेत्र बहादुर शाही, केन्द्रिय सदस्य नेत्र शाही सहितका विद्यार्थी नेताहरु शनिवार माइतिघर मण्डलामा पुगेर नेता चापागाईको आन्दोलनमा एकेवद्धता जनाएका हुन् ।

उक्त आन्दोलनमा एकेवद्धता जनाउन गएका सह-संयोजक पेसल दाहाल सहितका क्रान्तिकारी नेताहरुले विद्यार्थी नेता चपागाईले उठाएका डिसिडी शिक्षा सुधारको लागी अति आवस्यक मागहरु भएकोले सरकार सम्बोधन गर्नुपर्ने बताए ।

नेता दाहालले शेैक्षिक सुधार र विद्यार्थी संग सम्बन्धित हरेक मागहरु जुनसुकै संगठन वा व्यक्तिले उठाएपनि यसमा आफ्नो संगठनको निरन्तर सहयोग र समर्थन रहने बताए ।

चापागाईंले सरकार सामु ६ बुँदे माग समेत अघि सारेका छन् । इसिडीका बालबालिकालाई दिने दिवा खाजाको रकम वृद्धि गर्नुपर्ने, इसिडी शिक्षकको शैक्षिक योग्यता र मासिक पारिश्रमिक वृद्धि गर्नुपर्ने, सामुदायिक र निजी विद्यालयमा सञ्चालित इसिडी कक्षाका एकरुपता कायम गर्नुपर्ने, इसिडी शिक्षकको दरबन्दी कायम गरिनुपर्ने लगायतका माग अघि सारिएको छ ।

इसिडी सुधारको माग राख्दै नेपाल समाजबादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले ४ दिनदेखि विहान १० बजे देखी साझ ५ बजे सम्म दैनिक ८ घण्टा काठमाडौंको माइतीघर मण्डलामा उभिएर सरकारलाई दबाब दिइरहेका छन् । 

प्रतिक्रिया