काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राईको रिहा भएका छन् ।
अभद्रव्यावहार मुद्दामा गिरफ्तार गरिएका विद्यार्थी नेता राई काठमाडौंका प्रमुख जिल्ला अधिकारीको आदेशमा ७ दिन पछी आइतबार रिहा भएका हुन् ।
क्रान्तिकारीका संयोजक राई वैशाख १ गते प्रहरीले काठमाडौंमा नागार्जुनबाट गिरफ्तार गरेको थियो ।
नेता राईलाई सरकार र त्यसको गृहप्रशासनले पुर्वाग्रही र षड्यन्त्रपुर्वक रुपमा गिरफ्तार गरेको भन्दै संगठनले देशव्यापी रुपमा गृहमन्त्रीको पुत्ला दहन देखी शैक्षिक हडताल सम्मको संघर्षका कार्यक्रमको आवह्नान गरेको थियो ।