लेटेस्ट न्यूज़
एकल महिलाको सम्पत्तिमा सत्ता संरक्षित डकैती ! | प्रचण्डमाथि प्रहार : प्रचार, भ्रम र वास्तविकताको दोधार | एपेक्स स्कुलमा विद्यार्थीमाथि निर्घात कुटपिट, दोषीमाथि कारबाहीको माग | निर्वाचनको बदला ‘जाहेरी’: विद्यार्थी आन्दोलनमाथि हमला | भ्रष्टचारको मुल नै वर्तमान राजनीतिक व्यवस्था हो : कञ्चन | ‘चप्पल पट्काएर’ सत्तामा पुगेकाहरूको पोल खोल्दै युवा संगठन | आरआर क्याम्पसमा स्ववियु प्रकरणले लियो कानुनी मोड | चार वर्षे स्नातक कार्यक्रमलाई ३ वर्षे बनाउन माग | कम्युनिस्ट युवा संगठनले भोलि पत्रकार सम्मेलन गर्दै | निजी विद्यालयको मनपरीविरुद्ध अखिल (क्रान्तिकारी) बाँकेको कडा चेतावनी |

राजनीतिक पुर्वाग्रह र षड्यन्त्रको सिकार बनाइयो : मिलन राई

Nagarpati 2020+ समाचार ( )
७ जेठ २०८१

काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) का संयोजक मिलन राईले आफुलाई राजनीतिक पुर्वाग्रह र षड्यन्त्रको सिकार बनाइएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमा एक प्रतिक्रिया लेख्दै विद्यार्थी नेता राईले पञ्चायतकालिन समयको झल्को दिनेगरि आधा रातमा बिनाकारण गिरफ्तार गरि प्रहरीलाई गालि गरेको भनी अभद्र व्यबहारको हास्यास्पद झुटा मुद्दा लगाइएको बताएका छन् ।

संयोजक राईले गृहप्रशासनले हातमा हतकडी लगाउन सक्छ तर मृत्युु या मुक्ति लडाइँमा हिडेको योद्धालाई गलाउन र क्रान्तिकारी विचारलाई डगमगाउन नसक्ने बताए ।

प्रतिबद्धता झन दृढ भएको बताउदै उनले आवश्यकतामा बलिदानीको कोटा चुकाइने तर विचारमा सम्झौता नगरिने बताए ।

न्यायको जित भएको र षड्यन्त्रहरु परास्त भएको बताउदै नेता राईले सबै षड्यन्त्रको जवाफ समय आएपछि दिइने समेत बताए ।

उनले गैरन्यायिक गिरफ्तारीका विरुद्ध संघर्ष गर्ने संगठनका सबै तहका योद्धा, रिहाईको लागी पहलगर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी, फ्याक्सन इन्चार्ज, संगठनका सह-संयोजकहरु, कार्यालय सदस्यहरु, सचिवालय, केन्द्रीय समिति लगायत सबैलाई, पार्टीका सबै जवस, मित्र विद्यार्थी संगठन, फरक पार्टीमा रहेर पनि चिन्ता सहित पहल गर्नुहुने नेतागणहरु, आफन्त, परिवार, पत्रकार र सुभेक्षा सहानुभूति प्रकट गर्नुहुने सबैप्रति आभारी सहित धन्यवाद समेत दिएका छन् ।

यस्तो छ प्रतिक्रिया :-

राजनीतिक पुर्वाग्रह र षड्यन्त्रको सिकार बनाइयो । पञ्चायतकालिन समयको झल्को दिनेगरि आधा रातमा बिनाकारण गिरफ्तार गरि प्रहरीलाई गालि गरेको भनी अभद्र व्यबहारको हास्यास्पद झुटा मुद्दा लगाइयो । 

गृहप्रशासनले हातमा हतकडि लगाउन सक्छ तर मृत्युु या मुक्ति लडाइँमा हिडेको योद्धालाई गलाउन सक्ने छैन, क्रान्तिकारी विचारलाई डगमगाउन सक्दैन । प्रतिबद्धता झन दृढ भएको छ, आवश्यकतामा बलिदानीको कोटा चुकानइनैछ तर विचारमा सम्झौता गरिनेछैन ।

अन्ततः न्यायको जित भएको छ, षड्यन्त्रहरु परास्त भएको छ । सबै षड्यन्त्रको जवाफ समय आएपछि दिइनेछ ।

मेरो गैरन्यायिक गिरफ्तारीका विरुद्ध संघर्ष गर्ने हाम्रो प्रिय संगठन अखिल(क्रान्तिकारी) का सबै तहका योद्धाहरुलाई विशेष धन्यवाद । रिहाइको लागि पहल गर्नुहुने पार्टी, संगठनका फ्याक्सन इन्चार्ज, संगठनका सहसंयोजकहरु, कार्यालय सदस्यहरु, सचिवालय, केन्द्रीय समिति लगायत सबैलाई, पार्टीका सबै जवस, मित्र विद्यार्थी संगठन, फरक पार्टीमा रहेर पनि चिन्ता सहित पहल गर्नुहुने नेतागणहरु, आफन्त, परिवार, पत्रकार र सुभेक्षा सहानुभूति प्रकट गर्नुहुने सबैप्रति आभारी छु, हार्दिक धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित समाचार